सुदूरपश्चिममा नाउपा रेशम पक्षका लक्ष्मणकिशोरले मुख्यमन्त्रीमा पेश गरे दाबी

सुदूरपश्चिममा नाउपा रेशम पक्षका लक्ष्मणकिशोरले मुख्यमन्त्रीमा पेश गरे दाबी : Icon Khabar

धनगढी, वैशाख २ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षका सांसद लक्ष्मणकिशोर चौधरीले दाबी पेश गरेका छन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह, नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरी र एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीको हस्ताक्षरसहित चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

चौधरीले आइतबार दिउँसो प्रदेश प्रमुख नजीर मियाँलाई कांग्रेसका १८, नागरिक उन्मुक्ति पार्टीका ७ र एकीकृत समाजवादीका ४ जनाको समर्थन रहेको दाबीसहित मुख्यमन्त्री नियुक्त गर्न पत्र दिएका हुन् । प्रदेश प्रमुख मियाले भने नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीलाई निलम्बन गरेको जानकारीसहितको पत्र प्रदेशसभाबाट प्राप्त भएकाले आफूले कानुनी परामर्शपछि मात्र निर्णय लिने जवाफ दिएका छन् ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सरकार बनाउन २७ सांसदको समर्थन आवश्यक पर्छ । सत्ता गठबन्धनभित्र पनि सुदूरपश्चिम मुख्यमन्त्री नाउपालाई दिने सहमति आइतबार बिहान बालुवाटारमा भएको थियो। सत्ता पक्षले नाउपा संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका सांसद कैलाश चौधरीलाई मुख्यमन्त्रीमा अघि सारेको थियो ।

सत्ता गठबन्धनको आइतबार बिहानको बैठकमा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले सुदूरपश्चिम मुख्यमन्त्री आफूहरूलाई चाहिने अडान लिएका थिए । सत्तापक्षका अन्य नेताहरूले भने बैठकमा नाउपा र एकीकृत समाजवादी आलोपालो मुख्यमन्त्री हुने र पहिले नाउपालाई छाड्ने सहमति गरेका थिए । उक्त सहमति भएको केही घण्टामै एकीकृत समाजवादीले कांग्रेससँग मिलेर नाउपालाई मुख्यमन्त्री बनाउन लागेको छ ।
Published Date: 14 April 2024


ताजा
बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर
आज बिहीबारको राशिफल
मन्त्री र मुख्यसचिवसँग प्रधानमन्त्रीको कार्यसम्पादन सम्झौता


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली