सुदूरपश्चिममा नाउपा रेशम पक्षका लक्ष्मणकिशोरले मुख्यमन्त्रीमा पेश गरे दाबी

सुदूरपश्चिममा नाउपा रेशम पक्षका लक्ष्मणकिशोरले मुख्यमन्त्रीमा पेश गरे दाबी : Icon Khabar

धनगढी, वैशाख २ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षका सांसद लक्ष्मणकिशोर चौधरीले दाबी पेश गरेका छन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह, नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरी र एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीको हस्ताक्षरसहित चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

चौधरीले आइतबार दिउँसो प्रदेश प्रमुख नजीर मियाँलाई कांग्रेसका १८, नागरिक उन्मुक्ति पार्टीका ७ र एकीकृत समाजवादीका ४ जनाको समर्थन रहेको दाबीसहित मुख्यमन्त्री नियुक्त गर्न पत्र दिएका हुन् । प्रदेश प्रमुख मियाले भने नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीलाई निलम्बन गरेको जानकारीसहितको पत्र प्रदेशसभाबाट प्राप्त भएकाले आफूले कानुनी परामर्शपछि मात्र निर्णय लिने जवाफ दिएका छन् ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सरकार बनाउन २७ सांसदको समर्थन आवश्यक पर्छ । सत्ता गठबन्धनभित्र पनि सुदूरपश्चिम मुख्यमन्त्री नाउपालाई दिने सहमति आइतबार बिहान बालुवाटारमा भएको थियो। सत्ता पक्षले नाउपा संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका सांसद कैलाश चौधरीलाई मुख्यमन्त्रीमा अघि सारेको थियो ।

सत्ता गठबन्धनको आइतबार बिहानको बैठकमा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले सुदूरपश्चिम मुख्यमन्त्री आफूहरूलाई चाहिने अडान लिएका थिए । सत्तापक्षका अन्य नेताहरूले भने बैठकमा नाउपा र एकीकृत समाजवादी आलोपालो मुख्यमन्त्री हुने र पहिले नाउपालाई छाड्ने सहमति गरेका थिए । उक्त सहमति भएको केही घण्टामै एकीकृत समाजवादीले कांग्रेससँग मिलेर नाउपालाई मुख्यमन्त्री बनाउन लागेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 April 2024
Website | + posts


ताजा
अरनिको राजमार्ग तत्काल खुलाउन मन्त्री घिसिङद्वारा सडक विभागलाई निर्देशन
अरनिको राजमार्गको समस्या दीर्घकालीन रूपमा समाधान गर्न माग
काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुको घुइँचो लाग्न थाल्यो
सिंहदरबार परिसरमा जलाइएका सवारीसाधनलाई व्यवस्थापन गर्न मन्त्री घिसिङको निर्देशन


ट्रेन्डिङ
भक्तपुर मोडर्नमा मतदान र खाद्य प्रदर्शनी सम्पन्न
राजु कर्माचार्यको आफ्नै शब्द, संगीत र स्वरमा सजिएको नयाँ गीत “आफ्नो मान्छे” सार्वजनिक
आइकन खबर डटकम अब साइकल कनेक्ट भक्तपुरको आधिकारिक मिडिया पार्टनर
सुनको मूल्यले रेकर्ड बनाउने क्रम जारी, चाँदी भने सामान्य घट्यो