आईपीएल : पञ्जाबमाथि राजस्थान ३ विकेटले विजयी

आईपीएल : पञ्जाबमाथि राजस्थान ३ विकेटले विजयी : Icon Khabar

काठमाडौं, वैशाख २   सामूहिक प्रदर्शन गर्दै राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शनिबार जित निकालेको छ । राजस्थानले पन्जाब किङ्सलाई ३ विकेटले हराएको छ ।

एक सय ४८ रनको लक्ष्य पछएको राजस्थानले १९.५ ओभरमा ७ विकेटको क्षेतिमा १ सय ५२ रन जोड्दै जित दर्ता गरेको हो । टोलीका लागि यसस्वी जैसवालले २८ बलमा सर्वाधिक ३९ रन, तानुस कोटिले २४, सन्जु सामसनले १८, रियान परागले २३ रन बनाएका थिए ।

सिमरोन हेटमेरले नटआउट २७ रन बनाएका थिए । २२ बलमा उनल १ चौका र ३ छक्का प्रहार गरे । पन्जाबका लागि कागिसो राबडा र साम कुरानले समान २ विकेट तथा अर्सदीप सिंह, लिम लिभिङटन र हर्सल पटेलले समान १ विकेट लिएका थिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ८ विकेटको क्षेतिमा १ सय ४७ रन बनाएको थियो । टोलीका लागि अशुतोष शर्माले सर्वाधिक ३१ रन जोडे ।

जितेश शर्माले २९, लिभिङटनले २१, अर्थभ टेडी र जोनी ब्रेस्टोले समान १५ रन बनाएका थिए । राजस्थानका लागि अभेस खान, केशव महाराजले समान २ विकेट तथा ट्रेन्ट बोल्ट, कुलदिप सेन र युजभेन्द्र चाहालले समान १ गोल गरेका थिए ।

६ खेलपछि राजस्थान १० अंकका साथ शीर्षस्थामा छ । १० टोलीको सहभागिता रहेको आइपिएलमा ४ अंकसहित पन्जाब आठौं स्थानमा छ । –एजेन्सी

Published Date: 14 April 2024
ताजा
एमबाप्पे र डेम्बेलेको गोलमा फ्रान्स विश्वकपको सेमिफाइनलमा, मोरक्कोको यात्रा समाप्त
मनसुन थप सक्रिय हुँदै: देशभर वर्षाको सम्भावना
विदेशी मुद्राको विनिमयदर, डलरको बिक्रीदर १५२ रुपैयाँ ९३ पैसा
आज शुक्रबारको राशिफल


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय