३३ पोखरी पदयात्रा सम्पन्न

३३ पोखरी पदयात्रा सम्पन्न : Icon Khabar

भक्तपुर, वैशाख १ । तापमान बढेसंगै पोखरीहरु सुकिरहेका छन् । भक्तपुर सहरका पोखरी कति सुकेको छ भन्ने अध्ययन अवलोकन गर्ने उदेश्यले बिगत ७ बर्ष देखि नयाँ बर्षको दिन आयोजना गरिदै आएको ३३ पोखरी पदयात्राको महत्व प्रकाश पार्दै ज्ञानखबर एजुकेसन एण्ड रिसर्च मिडियाका व्यवस्थापक राजन कुसीले पानीको सतह बढाउने उपायहरु खोज्न पर्ने कुरा व्यक्त गरे।

भक्तपुर टुर्सका योजनाकार रविन राचलिकाले पानीको श्रोत संरक्षण गरी साँस्कृतिक सम्पदाहरुको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न सकिने धारणा राखे ।

कार्यक्रममा सहभागी पदयात्रीहरूको प्रतिनिधित्व गर्दै नारायण खतिवडा तथा राहुल भुजूले कार्यक्रम आयोजना गरेकोमा आयोजकलाई धन्यवाद सहित पोखरीसंगै रहेको कुमारी बैंक नपुखु शाखाको तर्फबाट नयाँ बर्षको शुभकामना व्यक्त गरे ।

भक्तपुर टुर्स तथा ज्ञानखबर एजुकेसन एण्ड रिसर्च मिडियाको संयुक्त आयोजनामा भएको सो पदयात्रामा पोखरी नजिकै कार्यलय रहेको कर्मचारीहरुको सक्रिय सभागिता रहेको थियो । यात्रा दुई भेगमा पुरा भएको हो ।

दक्षिण भेगको यात्रा महेश्वरी मन्दिरबाट सुरु भएको यात्रा जेलाँ स्थित पुखुचा बाट खचाँ पुखु, याता न्हाद पुखु, याता बाहारे पुखु हुदै कुमारी पुखु पुगेको थियो । ल्योसिख्य पुखुबाट खल्लाँ हुदै हालै मर्मत गरिएको लैको पुखुको सौन्दर्य अवलोकन गरी यात्रा बजार क्षेत्र हुदै अगाडी बढेको थियो ।

बजार क्षेत्रको मंगलकुण्डमा पानीको सतह सबै भन्दा बढी रहेको पाइयो । त्यहाँ धाराको पानीले पोखरी भर्ने गरिएको छ । त्यस पछि यात्रा, थुगुचो, देगमना पुखु, तेखापुखु हुदै गत महिना उद्धघाटन गरिएको भाजु पुख पुगे पछि दक्षिण भेगको पोखरीको यात्रा सकियो ।

उत्तरी भेगको यात्रा रानीपोखरी, सिद्धपोखरी, नपुखु, कालदहचा, मचागाँ पुखु, इन्द्रायणी पुखु पछि यात्रा भक्तपुर दरवार गेट पुग्यो । दरवार भित्र रहेका तीन पोखरी मध्ये भण्डारखाल पोखरी हालै कला संग्राहलय अन्तर्गत राखिएकोले नयाँ बर्षको बिदाको कारण बन्द रहेको छ । दरवार भित्र रहेको अरिचा पुखु निकै शान्त रहेको छ । लायकु लुहिटि पुखुमा फोटो खिच्नेहरुको भीड देखियो ।

ब्यासीमा रहेका दुई पोखरी डाँडाको फेदमा रहेको कारणले पानीको सतह अरु पोखरीको भन्दा माथि छ । यस्तै अवस्था महाकाली स्थित अचाँ पुखूमा रहेको छ ।

वडा नंबर ६ संग जोडिएको भौल्वा पुखु गमलामा फुल रोपेर सजाइएको छ । बेखालपुखुको पानी प्रयोगबिहीन अवस्थामा रहेको पाइयो । नागपोखरीमा पनि पानीको सतह तल पगुेको छ । चोर्चाको पुखुमा भने संगै रहेको धाराबाट बगेको पानी जम्मा हुने गरेको छ।
यात्रा सलाँ गणेश पुखु, क्वाठाण्डौ पुखु र गोङग पुखु हुदै लामाग पुखुमा पुग्यो । यस पछि कमलपोखरी, गरुडकुण्ड र अन्तिममा च्याँम्हासिह पुखुमा पुगेर ३३ पोखरी पदयात्राकोे परिक्रमा पुरा भएको हो ।

Published Date: 13 April 2024
Website | + posts




















ताजा
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
पहिला खासै चर्चा नहुने धनतेरस अहिले किन बन्यो नेपालीको रोजाइ ?
धनतेरसकै दिन सुनको मूल्यमा ५ हजार ९०० रुपैयाँको गिरावट, चाँदी पनि घट्यो
आजको विदेशी मुद्रा विनिमय दर : अमेरिकी डलर १५० रुपैयाँ ८७ पैसा, युरो १७० रुपैयाँ १३ पैसा


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक