गण्डकीमा मन्त्रालय फुटाउने निर्णय : दुई थपेर नौं पुर्‍याइँदै

गण्डकीमा मन्त्रालय फुटाउने निर्णय : दुई थपेर नौं पुर्‍याइँदै : Icon Khabar

पोखरा, चैत २९ । गण्डकी प्रदेश सरकारले मन्त्रालयको संख्या बढाउने निर्णय गरेको छ । गएको मंगलबार बसेको गण्डकी मन्त्रिपरिषद्को बैठकबाट दुई थपेर नौं मन्त्रालय बनाउने निर्णय गरिएको हो ।

गण्डकी सरकारका प्रवक्ता एवं बिना विभागीय मन्त्री हरिबहादुर चुमानले स्वास्थ्य र आन्तरिक मामिला मन्त्रालय थप्ने निर्णय गरिएको जानकारी दिए । सरकारले सामाजिक तथा स्वास्थ्य मन्त्रालयबाट स्वास्थ्य र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् मातहतको आन्तरिक मामिलालाई टुक्र्याइएको हो । यही चैत २५ गते नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को गठबन्धनबाट खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए । उनको नियुक्ति विवादित बनेको छ । सर्वोच्च अदालतले कामचलाउ सरकारलाई दीर्घकालीन प्रकृतिका निर्णय नगर्न बुधबार आदेश दिएको छ ।

उनै अधिकारीले गत वर्ष पुस २५ गते मन्त्रालयको संख्या धेरै भएको भन्दै १२ बाट घटाएर सातमा झारेका थिए । यस्तै मन्त्रिपरिषद्ले मुख्य न्यायाधिवक्तामा कृष्ण अधिकारीलाई नियुक्त गरेको छ । अधिकारी खगराज समूहबाट हालै एमाले लमजुङको अध्यक्षमा प्रतिस्पर्धा गरी पराजित भएका थिए । गण्डकीमा सभामुखलाई समेत प्रयोग गरेर एमालेका २२, माओवादीका ८ र दीपक मनाङेसहित दाबी पेश गरेका थिए ।

प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री खगराज अधिकारीलाई २५ गते नियुक्त गरेका थिए । २ सदस्य रहेको राप्रपा अनिर्णित हुँदा २७ सदस्य रहेको कांग्रेसका सुरेन्द्रराजले २१ गते राजीनामा दिएर ठूलो दलको हैसियतमा फेरि मुख्यमन्त्री हुने रणनीति लिएका थिए । तर पाण्डेलाई रोक्दै मनाङे र सभामुखको सहित साथ लिएर एमाले–माओवादीले दाबी पेश गर्दा प्रदेश प्रमुखबाट अधिकारी नियुक्त भएका थिए ।

Published Date: 11 April 2024




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न