प्रतिपक्षको अवरोधपछि प्रतिनिधिसभा वैठक वैशाख २ सम्म स्थगित

प्रतिपक्षको अवरोधपछि प्रतिनिधिसभा वैठक वैशाख २ सम्म स्थगित : Icon Khabar

काठमाडौँ, चैत २८ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलगायत अन्य प्रतिपक्ष दलहरू राप्रपा र लोसपासहितको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आज (बुधबार) बसेको बैठकमा आकस्मिक समयमा दलीय प्रतिनिधिका आधारमा सांसदहरूको बोल्ने क्रम सकिएपछि सदन नियमित कार्यसूचीमा प्रवेश गर्ना साथ प्रतिपक्षका सांसदहरू उठेर विरोध जनाएका थिए ।

सभामुख देवराज घिमिरेले निरन्तर सांसदहरूलाई बस्न र सभा चलाउन सहयोग गर्न आग्रह गरेका थिए। यद्यपि, प्रतिपक्षका सांसदहरू नबसेपछि सभामुख घिमिरेले आगामी ०८१ वैशाख २ गतेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरे ।

प्रमुख प्रतिपक्ष दल कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने अडान राख्दै अवरोध गर्दै आएको छ । यता, सरकार पक्षले भने कुनै हालतमा रविमाथि छानविन समिति बनाउन नसकिने अडान राख्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 April 2024
Website | + posts




ताजा
जेनजी प्रदर्शन : पहिचान हुन सकेन १३ जनाको शव
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने