प्रतिपक्षको अवरोधपछि प्रतिनिधिसभा वैठक वैशाख २ सम्म स्थगित

प्रतिपक्षको अवरोधपछि प्रतिनिधिसभा वैठक वैशाख २ सम्म स्थगित : Icon Khabar

काठमाडौँ, चैत २८ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलगायत अन्य प्रतिपक्ष दलहरू राप्रपा र लोसपासहितको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आज (बुधबार) बसेको बैठकमा आकस्मिक समयमा दलीय प्रतिनिधिका आधारमा सांसदहरूको बोल्ने क्रम सकिएपछि सदन नियमित कार्यसूचीमा प्रवेश गर्ना साथ प्रतिपक्षका सांसदहरू उठेर विरोध जनाएका थिए ।

सभामुख देवराज घिमिरेले निरन्तर सांसदहरूलाई बस्न र सभा चलाउन सहयोग गर्न आग्रह गरेका थिए। यद्यपि, प्रतिपक्षका सांसदहरू नबसेपछि सभामुख घिमिरेले आगामी ०८१ वैशाख २ गतेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरे ।

प्रमुख प्रतिपक्ष दल कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने अडान राख्दै अवरोध गर्दै आएको छ । यता, सरकार पक्षले भने कुनै हालतमा रविमाथि छानविन समिति बनाउन नसकिने अडान राख्दै आएको छ ।

Published Date: 10 April 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास