अर्जुनको शतकका बाबजुद नेपाल ‘ए’ पराजित

अर्जुनको शतकका बाबजुद नेपाल ‘ए’ पराजित : Icon Khabar

काठमाडौँ, चैत २५ । युवा ओपनर अर्जुन कुमालको शतकका बाबजुद नेपाल ‘ए’ एकदिवसीय सिरिजको अन्तिम खेलमा पनि आयरल्यान्ड वल्भ्ससँग ६९ रनले पराजित भएको छ ।

टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा वल्भ्सले प्रस्तुत गरेको २ सय ८५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ‘ए’ ले ४० औं ओभरमा अलआउट हुँदै २ सय १५ रन जोड्यो । राम्रो सुरुवात गरेपनि मध्यक्रममा अनुभवी ब्याटरहरुले निराशाजनक प्रदर्शन गर्दा नेपाल ‘ए’ पराजित हुन पुग्यो ।

यससँगै वल्भ्सले सिरिज ३-० ले क्लिन स्विप गर्यो । वल्भ्सले पहिलो खेल २१ रन र दोस्रो खेल १ सय १४ रनले जितेको थियो ।

Published Date: 07 April 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास