नेपालद्वारा गुजरातसामु १७७ रनको बलियो लक्ष्य प्रेश

नेपालद्वारा गुजरातसामु  १७७ रनको बलियो लक्ष्य प्रेश : Icon Khabar

काठमाडौँ, चैत २५ । गुजरातको वापीमा जारी एसएमएस फ्रेन्डशिप कपको फाइनलमा गुजरात विरुद्ध नेपालले बलियो लक्ष्य प्रेश गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनायोनेपालका लागि कप्तान रोहित पौडेलले ४७ बलमा ५ चौका र ४ छक्का सहित सर्वाधिक ७४ रन बनाए ।

नेपालको सुरुवात केही सुस्त रहेको थियो । पाँचौं ओभरको तेस्रो बलमा ओपनर कुशल भुर्तेल २१ बलमा १९ रन बनाएर शेन पटेलको बलमा बोल्ड भएका थिए । उनी आउट हुँदा टोलीको स्कोर २१ रन रहेको थियो ।

दोस्रो विकेट भने १५औं ओभरमा खसेको थियो । कप्तान रोहित पौडेल सँगको ७७ रनको साझेदारी पछि आशिफ शेख ३४ बलमा ३४ रन प्रहार गर्दै जाला युवराज सिंहको बलमा आउट हुदै पेभेलियन फर्किए ।

तेस्रो विकेटका रुपमा रोहित तेजश पटेलको बलमा १९औं ओभरमा आउट भएका थिए । दीपेन्द्र सिंह ऐरी अन्तिम ओभरमा ३ बलमा ७ रन बनाएर जयमित पटेलको बलमा क्याच आउट भए । कुशल मल्ल १३ बलमा ३१ रन बनाएर अविजित रहे भने अर्को तिर सन्दिप जोरा ३ बलमा ७ रन बनाएर नटआउट रहे ।

गुजरातका लागि शेन पटेल, तेजश पटेल, जाला युवराज सिंह र जयमित पटेलले समान १-१ विकेट लिए ।

नेपालले आज टोलीमा ४ परिवर्तन गरेको छ । पछिल्लो खेलमा विश्राम पाएका कप्तान रोहित पौडेल सहित सोमपाल कामी, अविनाश बोहोरा र आशिफ शेख टोलीमा फर्किएका छन् भने आकाश चन्द, प्रतिश जिसी, अनिल शाह र ललित राजवंशी टोलीबाट बाहिरिएका छन् ।

नेपाली टोली:

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आशिफ शेख, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, सन्दिप जोरा, विवेक यादव, गुलशन झा, करन केसी, सोमपाल कामी, अविनाश बोहोरा

बेन्च: आकाश चन्द, प्रतिश जिसी, अनिल शाह, ललित राजवंशी

Published Date: 07 April 2024
ताजा
काठमाडौंमा हुरीबतासहितको वर्षा जारी, सतर्क रहन मौसमविद्को आग्रह
सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार पाँच सय रूपैयाँमा झर्यो
नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २ बजे हुने
देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता