देशभर तापक्रम बढ्दै, काठमाडौं उपत्यकामा समेत तापक्रम उच्च हुँदै

देशभर तापक्रम बढ्दै, काठमाडौं उपत्यकामा समेत तापक्रम उच्च हुँदै : Icon Khabar

काठमाडौं, चैत २५ । केही दिनयता देशभर तापक्रम बढ्दो क्रममा रहेको छ । जसका कारण गर्मी महसुस हुन थालेको छ । पहाडी क्षेत्रमा पर्ने काठमाडौं उपत्यकामा समेत बिहान–बेलुका हल्का चिसो भए पनि दिउँसो चर्काे घाम लागेर गर्मी हुन थालेको छ ।

मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान पौने ९ बजे सार्वजनिक गरेको १६ स्थानको विवरणमध्ये भैरहवाको अधिकतम तापक्रम सबैभन्दा बढी ४०.२ डिग्री सेल्सियस मापन गरिएको छ । शनिबार बिहान भैरहवाको अधिकतम तापक्रम ३९.५ डिग्री सेल्सियस थियो ।

यस्तै, नेपालगञ्जमा ३६.६, धनगढीमा ३६.५, सिमरामा ३६.४ र काठमाडौंमा ३१.२ डिग्री सेल्सियस तापक्रम पुगेको छ । आज सबैभन्दा कम तापक्रम २२.३ डिग्री सेल्सियस मापन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 April 2024
Website | + posts
ताजा
दशैंको नवरातमा ‘धिमे बाजा’मै बढी जोड, अन्य परम्परागत वाद्यवादन ओझेलमा
देशभर ४५ जिल्लाका विभिन्न स्थानमा दशैं, तिहार लक्षित सुपथ मूल्य पसल सञ्चालनमा
पहिरोका कारण एक महिनाअघिदेखि अवरुद्ध तातोपानी–कोदारी राजमार्ग खुल्यो
नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा खसेको पहिरो पन्छाउन दुई दिन लाग्ने


ट्रेन्डिङ
भक्तपुर मोडर्नमा मतदान र खाद्य प्रदर्शनी सम्पन्न
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
सुनको मूल्यले रेकर्ड बनाउने क्रम जारी, चाँदी भने सामान्य घट्यो
नगरकोट र काभ्रे मण्डनदेउपुर : हरियाली, वर्षा र ट्राउट माछापालनले नयाँ सम्भावना (फोटो फिचर)