देशभर तापक्रम बढ्दै, काठमाडौं उपत्यकामा समेत तापक्रम उच्च हुँदै

देशभर तापक्रम बढ्दै, काठमाडौं उपत्यकामा समेत तापक्रम उच्च हुँदै : Icon Khabar

काठमाडौं, चैत २५ । केही दिनयता देशभर तापक्रम बढ्दो क्रममा रहेको छ । जसका कारण गर्मी महसुस हुन थालेको छ । पहाडी क्षेत्रमा पर्ने काठमाडौं उपत्यकामा समेत बिहान–बेलुका हल्का चिसो भए पनि दिउँसो चर्काे घाम लागेर गर्मी हुन थालेको छ ।

मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान पौने ९ बजे सार्वजनिक गरेको १६ स्थानको विवरणमध्ये भैरहवाको अधिकतम तापक्रम सबैभन्दा बढी ४०.२ डिग्री सेल्सियस मापन गरिएको छ । शनिबार बिहान भैरहवाको अधिकतम तापक्रम ३९.५ डिग्री सेल्सियस थियो ।

यस्तै, नेपालगञ्जमा ३६.६, धनगढीमा ३६.५, सिमरामा ३६.४ र काठमाडौंमा ३१.२ डिग्री सेल्सियस तापक्रम पुगेको छ । आज सबैभन्दा कम तापक्रम २२.३ डिग्री सेल्सियस मापन गरिएको छ ।

Published Date: 07 April 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास