उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकाहरुमाथि आज उजुरी दिन पाइने

उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकाहरुमाथि आज उजुरी दिन पाइने : Icon Khabar

काठमाडौं, चैत २५ । प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ र प्रदेश सभा सदस्यका लागि बझाङ क्षेत्र नम्बर १ (१) मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकाहरुमाथि आज उजुरी दिन पाइने भएको छ ।

कुनै उजुरी वा गुनासो भए सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा कार्यालय समयभित्र उजुरी दिन सकिने छ । २६ गते मनोनययन पत्र र उजुरीमाथि जाँचबुझ हुने छ । सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने छ ।

२७ गते उम्मेदवारी फिर्ता लिने र सोही दिन उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरी चुनाव चिह्न वितरण गर्ने कार्यतालिका छ । वैशाख १५ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 April 2024
Website | + posts










ताजा
काठमाडौंको सार्वजनिक स्थलहरूमा धुम्रपान गरे रू पाँच सय जरिवाना तिर्नुपर्ने
सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
कुलमान घिसिङ निस्के अमेरिका र युरोप यात्रामा










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट