जताजता धिरज, उतैउतै उपासना

जताजता धिरज, उतैउतै उपासना : Icon Khabar

काठमाडौं, चैत २४ । नायिका उपासना सिंह ठकुरी र नायक धिरज मगरले फिल्म ‘खुस्मा’मा काम गर्दैछन् । यो फिल्मको एक चरणको छायांकन भइसकेको छ भने अर्को चरणको छायांकन बाँकी छ ।

उसो त, नायिका ठकुरीलाई नायक धिरज मगरसँग काम गर्ने रहर पहिलेदेखि नै थियो । पहिलो पटक पर्दा शेयर गर्दा उनी उत्साहित छिन् ।

सार्वजनिक कार्यक्रममा पनि धिरज र उपासना एकसाथ अतिथि बन्ने गरेका छन् । एक कार्यक्रममा पनि यी दुई मुख्य अतिथि बनेर पुगे । सो कार्यक्रममा समाजसेवाको विषयमा सोधिएको प्रश्नमा धिरजले आफ्नो मनको कुरा व्यक्त गरे । उनले, समाजसेवा देखावटी कुरा नभएको बताएका थिए ।

मिडियाकर्मीले सोही प्रश्न उपासनालाई पनि सोधे । उनले धिरजले भनेको कुरा नै आफ्नो भनाई रहेको बताइन् ।

Published Date: 06 April 2024


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु