ललितपुरको एक उद्योगमा आगलागी, जलेको अवस्थामा पुरुषको शव फेला

ललितपुरको एक उद्योगमा आगलागी, जलेको अवस्थामा पुरुषको शव फेला : Icon Khabar

ललितपुर, चैत २४ । ललितपुर जिल्लाको हात्तिवनस्थित एक उद्योगमा शनिबार बिहान आगलागी भएको छ । आगलागीमा परेर एक जनाको मृत्यु भएको छ ।

ललितपुर महानगरपालिका–२३, हात्तीवनस्थित सिक्मा मेटल इन्टेक्स प्रा लिमा भएको आगलागीमा परी एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेश सुवेदीले जानकारी दिए ।

‘शव जलेको अवस्थामा रहेकाले पहिचान हुन सकेको छैन’, एसपी सुवेदीले भने, ‘मुचुल्का उठाएर पोस्टमार्टमका लागि शव अस्पताल लाने तयारी गरिरहेका छौँ ।’ शव पुरुषको भन्ने चााहिँ चिनिएको तर मानिस नचिनिएको उनले बताएका छन् । ‘त्यहीँ काम गर्ने मानिस पनि हुनसक्छ अथवा बाहिरको पनि हुनसक्छ’, उनले भने, ‘यस विषयमा बुझ्दैछौँ ।’

उद्योगमा आगलागी भएको भनी स्थानीयले शनिबार बिहान ६ बजे प्रहरीलाई खबर गरेका थिए । त्यसलगत्तै दमकलसहित घटनास्थल पुगेको प्रहरीको टोली आगो निभाउने क्रममा भित्र पुरुषको शव फेला पारेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 April 2024
Website | + posts