राजीनामा दिने तयारीमा गण्डकीका मुख्यमन्त्री पाण्डे

राजीनामा दिने तयारीमा गण्डकीका मुख्यमन्त्री पाण्डे : Icon Khabar

पोखरा, चैत २० । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज (मंगलबार) राजीनामा दिने तयारी गरेका छन् । दुई दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यतामा रहेका पाण्डेले विश्वासको मत पाउने अवस्था नदेखेपछि आजै राजीनामा दिने तयारी गरेको उनी निकट स्रोतले जनायो ।

नेकपा (माओवादी केन्द्र) ले पाण्डेलाई दिएको समर्थन गत फागुन २३ गते फिर्ता लिएको थियो । सरकारमा सहभागी कुनै दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । गण्डकी प्रदेश सभा नियमावलीको नियम १५० अनुसार मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिन दुई दिन अगाडि नै सूचना संसद सचिवालयलाई दिनुपर्छ । तर मुख्यमन्त्री पाण्डेले अहिलेसम्म कुनै सूचना दिएका छैनन् । मुख्यमन्त्रीले विश्वासको मत लिने हो भने आज अपराह्नसम्ममा सूचना पठाई सक्नुपर्ने छ ।

मुख्यमन्त्री पाण्डेले अहिलेसम्म विश्वासको मत लिने बारे संसद सचिवालयलाई जानकारी नदिएकाले उनले राजीनामा दिने तयारी गरेको स्रोतको दाबी छ । उनी राजीनामा दिएर पुनः ठूलो दलको हैसियतमा मुख्यमन्त्री बन्ने तयारीमा लागेको पनि बताइएको छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसका २७, नेकपा (एमाले) का २२, नेकपा (माओवादी केन्द्र) का ८ (सभामुखसहित), राप्रपाका २ र स्वतन्त्र सांसद एक जना रहेका छन् ।

Published Date: 02 April 2024
ताजा
सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर
बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर
फ्रान्समा बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय