राजीनामा दिने तयारीमा गण्डकीका मुख्यमन्त्री पाण्डे

राजीनामा दिने तयारीमा गण्डकीका मुख्यमन्त्री पाण्डे : Icon Khabar

पोखरा, चैत २० । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज (मंगलबार) राजीनामा दिने तयारी गरेका छन् । दुई दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यतामा रहेका पाण्डेले विश्वासको मत पाउने अवस्था नदेखेपछि आजै राजीनामा दिने तयारी गरेको उनी निकट स्रोतले जनायो ।

नेकपा (माओवादी केन्द्र) ले पाण्डेलाई दिएको समर्थन गत फागुन २३ गते फिर्ता लिएको थियो । सरकारमा सहभागी कुनै दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । गण्डकी प्रदेश सभा नियमावलीको नियम १५० अनुसार मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिन दुई दिन अगाडि नै सूचना संसद सचिवालयलाई दिनुपर्छ । तर मुख्यमन्त्री पाण्डेले अहिलेसम्म कुनै सूचना दिएका छैनन् । मुख्यमन्त्रीले विश्वासको मत लिने हो भने आज अपराह्नसम्ममा सूचना पठाई सक्नुपर्ने छ ।

मुख्यमन्त्री पाण्डेले अहिलेसम्म विश्वासको मत लिने बारे संसद सचिवालयलाई जानकारी नदिएकाले उनले राजीनामा दिने तयारी गरेको स्रोतको दाबी छ । उनी राजीनामा दिएर पुनः ठूलो दलको हैसियतमा मुख्यमन्त्री बन्ने तयारीमा लागेको पनि बताइएको छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसका २७, नेकपा (एमाले) का २२, नेकपा (माओवादी केन्द्र) का ८ (सभामुखसहित), राप्रपाका २ र स्वतन्त्र सांसद एक जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 April 2024
Website | + posts




ताजा
जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट अझै ५७०० कैदीबन्दी फरार
जेनजी आन्दोलनमा घाइते ३० जना अझै देशका विभिन्न अस्पतालहरूमा उपचाररत
मंगलबार नेप्से परिसूचक ५८.५५ अंकले घट्यो
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने