सिरियामा इजरायलको हवाइ हमला : इरानका शीर्ष कमाण्डरसहित सात अधिकारी मारिए

सिरियामा इजरायलको हवाइ हमला : इरानका शीर्ष कमाण्डरसहित सात अधिकारी मारिए : Icon Khabar

काठमाडौं, चैत २० । सिरियाको राजधानी दमाश्कसमा इजरायली सेनाले गरेको आक्रमणमा सात इरानी अधिकारीको मृत्यु भएको छ ।इरानको रिभोल्युशनरी गार्डले एलिट कुद्स फोर्सका कमाण्डर ब्रिगेडियर–जनरल मोहम्मद रेजा जाहेदी र उनका डेपुटी ब्रिगेडियर–जनरल मोहम्मद हादी हाजी–रहिमीलगायत मारिएको बताएको छ । मोहम्मद रेजा जाहेदी इरानका शीर्ष कमाण्डरमध्ये एक हुन् । इरान र इजरायलबीच यस प्रकारको लक्षित आक्रमण र हत्याको लामो इतिहास रहेको बीबीसीले जनाएको छ ।

इरान र सिरियाले दमाश्कसमा हिजो भएको उक्त आक्रमणको निन्दा गरेका छन् । यसबारे इजरायलले भने कुनै प्रतिक्रिया दिएको छैन । गत अक्टोबरमा गाजा युद्ध सुरु भएपछि इरान समर्थित समूह हिज्बुल्लाहले लेबनान र सिरियासँग जोडिएको उत्तरी इजरायली सीमा क्षेत्रमा आक्रमण गर्दै आएका छन् । यसको जवाफमा इजरायलले लेबनान र सीरियाका संवेदनशील क्षेत्रमै मिसाइल आक्रमण गर्ने गरेको छ । पछिल्लो पटक इरानका शीर्ष सैन्य कमाण्डार मारिएपछि मध्यपूर्वको तनाव थप गम्भीर बन्दै जाने आशंका गरिएको छ ।

Published Date: 02 April 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास