सिरियामा इजरायलको हवाइ हमला : इरानका शीर्ष कमाण्डरसहित सात अधिकारी मारिए

सिरियामा इजरायलको हवाइ हमला : इरानका शीर्ष कमाण्डरसहित सात अधिकारी मारिए : Icon Khabar

काठमाडौं, चैत २० । सिरियाको राजधानी दमाश्कसमा इजरायली सेनाले गरेको आक्रमणमा सात इरानी अधिकारीको मृत्यु भएको छ ।इरानको रिभोल्युशनरी गार्डले एलिट कुद्स फोर्सका कमाण्डर ब्रिगेडियर–जनरल मोहम्मद रेजा जाहेदी र उनका डेपुटी ब्रिगेडियर–जनरल मोहम्मद हादी हाजी–रहिमीलगायत मारिएको बताएको छ । मोहम्मद रेजा जाहेदी इरानका शीर्ष कमाण्डरमध्ये एक हुन् । इरान र इजरायलबीच यस प्रकारको लक्षित आक्रमण र हत्याको लामो इतिहास रहेको बीबीसीले जनाएको छ ।

इरान र सिरियाले दमाश्कसमा हिजो भएको उक्त आक्रमणको निन्दा गरेका छन् । यसबारे इजरायलले भने कुनै प्रतिक्रिया दिएको छैन । गत अक्टोबरमा गाजा युद्ध सुरु भएपछि इरान समर्थित समूह हिज्बुल्लाहले लेबनान र सिरियासँग जोडिएको उत्तरी इजरायली सीमा क्षेत्रमा आक्रमण गर्दै आएका छन् । यसको जवाफमा इजरायलले लेबनान र सीरियाका संवेदनशील क्षेत्रमै मिसाइल आक्रमण गर्ने गरेको छ । पछिल्लो पटक इरानका शीर्ष सैन्य कमाण्डार मारिएपछि मध्यपूर्वको तनाव थप गम्भीर बन्दै जाने आशंका गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 April 2024
Website | + posts




ताजा
जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट अझै ५७०० कैदीबन्दी फरार
जेनजी आन्दोलनमा घाइते ३० जना अझै देशका विभिन्न अस्पतालहरूमा उपचाररत
मंगलबार नेप्से परिसूचक ५८.५५ अंकले घट्यो
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने