नौं दिने चीन भ्रमण सकेर उपप्रधानमन्त्री श्रेष्ठ स्वदेश फिर्ता

नौं दिने चीन भ्रमण सकेर उपप्रधानमन्त्री श्रेष्ठ स्वदेश फिर्ता : Icon Khabar

काठमाडौँ, चैत १९ । छिमेकी चीनको नौं दिने औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ स्वदेश फर्किएका छन् । उनी आज (सोमबार) बिहान काठमाडौँ आइपुगेका हुन् ।

भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सिपिपिसिसी) का अध्यक्ष वाङ हुनिन, चिनियाँ समकक्षी वाङ यीलगायत उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका थिए । त्यस्तै उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री सुन हाइयानसँग पनि भेट गरेका थिए ।

बेइजिङमा रहँदा उपप्रधानमन्त्री श्रेष्ठले नेपाली दूतावासमा आयोजित पूर्वलगानी सम्मेलनलाई सम्बोधन गरेका थिए । उपप्रधानमन्त्री श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलले तिब्बतमा रहेको कैलाश मानसरोवर क्षेत्रको अवलोकन समेत गरेको थियो ।

नेपाली प्रतिनिधिमण्डलमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, परराष्ट्र मन्त्रालयको उत्तर पूर्व एसिया महाशाखाका प्रमुख एवं सहसचिव कृष्ण ढकाल, बेइजिङस्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसन सुरेन्द्र यादव, उपप्रधानमन्त्रीका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ, नायब शिष्टाचार महापाल उत्तमकुमार शाही, परराष्ट्र मन्त्रालयका उपसचिव अरुणा घिसिङलगायत सहभागी थिए ।

मन्त्री श्रेष्ठले नेपालबाट फलफूल निर्यात गर्न सहजीकरण गर्न तथा सीमाका केही क्षेत्रमा मल्टिफंसनल ल्याब स्थापना गर्न चीन सकारात्मक भएको उनले बताए । नेपालको कृषि क्षेत्रको उत्पादन पुँजी र प्रविधि बढाउन र भ्रमण वर्ष २०२५ सफलतामा पु¥याउन चिनियाँ पर्यटक बढाउन चीनले सहयोग गर्ने श्रेष्ठले बताए । नेपालको विकासको लागि चीनका तिब्बत, सिचुआन र छोङछिङ महत्वपूर्ण भएको भन्दै श्रेष्ठले ती क्षेत्रका नेतृत्वसँग संवाद गरेको बताए । यी करिडोर नेपाल चीन विकासे करिडोर बन्न सक्ने श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 April 2024
Website | + posts