नाउपाको बैठकमै रेशम र रञ्जिता पक्षबीच हात ‘हालाहाल’

नाउपाको बैठकमै रेशम र रञ्जिता पक्षबीच हात ‘हालाहाल’ : Icon Khabar

काठमाडौँ, चैत १९ । रेशम चौधरी र पत्नी रञ्जिता चौधरी श्रेष्ठ पारिवारिक विवादका कारण फुटको संघारमा पुगेको नागरिक उन्मुक्ति पार्टीको बैठकमै कुटाकुट भएको छ ।

अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसिरहेका बेला नेताहरुबीच हात हालाहाल भएको स्रोतले जानकारी दिएको छ । वर्तमान नयाँ गठबन्धनमा सहभागी हुने अध्यक्ष रञ्जिता पक्ष र नहुने रेशम पक्षबीच भएको विवादले हात हालाहालको अवस्था सिर्जना भएको नाउपाका एक नेताले जानकारी दिए ।

नाउपा केन्द्रीय समिति संस्थापक सदस्यहरूको बैठकमा हात हालाहालकै अवस्था सिर्जना भएको स्थानीय प्रत्यक्षदर्शीले समेत बताएका छन् । विवादका क्रममा टीकापुरका मेयर रामलाल डगौरा र नेता रमेश विकमाथि हात हालाहाल भएको स्रोतले जनायो । उनीहरू दुवै जना रञ्जिता पक्षका हुन् ।

नाउपाको अध्यक्षमा रेशम चौधरीलाई निर्वाचन आयोगले मान्यता नदिएपछि सो पार्टीमा पछिल्लो समय संस्थापक २१ जना केन्द्रीय सदस्यहरूको बैठक बस्ने गरेको छ । रेशम पक्ष सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारमा सहभागी छ । रञ्जिता पक्ष भने त्यसको विपक्षमा छ । त्यस्तै केन्द्रमा रञ्जिता अहिलेको सत्ता गठबन्धनमा जानुपर्ने पक्षमा छिन् भने रेशम विपक्षमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 April 2024
Website | + posts




ताजा
जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट अझै ५७०० कैदीबन्दी फरार
जेनजी आन्दोलनमा घाइते ३० जना अझै देशका विभिन्न अस्पतालहरूमा उपचाररत
मंगलबार नेप्से परिसूचक ५८.५५ अंकले घट्यो
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने