आईपीएल : दिल्ली क्यापिटल्सको पहिलो जित, चेन्नई २० रनले पराजित

आईपीएल : दिल्ली क्यापिटल्सको पहिलो जित, चेन्नई २० रनले पराजित : Icon Khabar

काठमाडौँ, चैत १९ । इन्डियन प्रिमियर लिग आइपीएलमा दिल्ली क्यापिटल्सले पहिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा दिल्लीले लगातार दुई खेल जितेको चेन्नाई सुपरकिंग्सलाई २० रनले पराजित गरेको हो ।

विशखापटनमा भएको खेलमा दिल्लीले दिएको १९२ रनको लक्ष्य पछ्याएको चेन्नाई निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७१ रन मात्र रोकिन पुग्यो ।

चेन्नाईका लागि अजिंके रहाणेले सर्वाधिक ४५ रनको योगदान गरे । त्यस्तै महेन्द्र सिंह धोनीले १६ बलमा ४ चौका र तीन छक्काको मद्दतले नटआउट ३७ रन बनाए । त्यस्तै ड्यारिल मिचेलले ३४ , रविन्द्र जडेजाले अविजित २१ तथा शिभम दुवेले १८ रनको योगदान गरे ।

दिल्लीका लागि मुकेश कुमारले तीन, खालिल अहम्मदले दुई तथा अक्षर पटेलले एक विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९१ रन बनाएको थियो ।  दिल्लीका लागि ओपनर डेबिड वार्नरले ३५ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ५२ रनको अर्धशतकीय ईनिङ खेले ।

अर्का ओपनर पृथ्वी शाँले २७ बलमा ४ चौका र २ छक्काको सहयोगमा ४३ रन बनाए । राम्रो सुरुआत पाएको दिल्लीका लागि यी दुई ओपनरले ९३ रनको साझेदारी गरेका थिए । कप्तान ऋषभ पन्तले ३२ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ५१ रनको अर्धशतकीय ईनिङ खेले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 April 2024
Website | + posts




ताजा
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने
७० वर्षभन्दा माथिका जेष्ठ नागरिकले हवाई टिकटमा ५० प्रतिशत छुट पाउने
नयाँ नेपाली फिल्म ‘आ बाट आमा’ को नयाँ पोस्टर सार्वजनिक, माघ १६ गतेदेखि प्रदर्शनमा आउने
बक्यौता रकम तिर्न अटेर गरिरहेका उद्योगहरुमा प्राधिकरणले लाइन काट्ने चेतावानी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने