बलिउड फिल्म ‘बडे मिया छोटे मिया’को ट्रेलर सार्वजनिक

बलिउड फिल्म ‘बडे मिया छोटे मिया’को ट्रेलर सार्वजनिक : Icon Khabar

काठमाडौं, चैत १८ । अप्रिलको १० तारिखबाट रिलिजमा आउन लागेको बलिउड फिल्म ‘बडे मिया छोटे मिया’को ट्रेलर सार्वजनिक गरिएको छ । पूजा इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्ममा अली अब्बास जफरको लेखन तथा निर्देशन छ ।

यो फिल्ममा अक्षय कुमार, टाइगर श्राफ, पृथ्वीराज, सोनाक्षी सिन्हा, मानुषी छिल्लर लगायतका कलाकारको अभिनय छ ।

फिल्मको ट्रेलरमा दुई स्टार नायकहरूले भारतलाई जोगाउन गरेको संघर्ष र मिसनको कथा छ । फिल्ममा खलपात्रको अनुहार भने देखाइएको छैन ।

फिल्मको मेकिङ गज्जब छ । कथावस्तुमा भारत र पाकिस्तानको लडाइलाई नै प्राथमिकता दिइएको छ । इदको अवसर पारेर रिलिजमा आउन लागेको फिल्मले बक्स अफिसमा सुखद कमाई गर्ने अपेक्षा गरिएको छ ।

Published Date: 31 March 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास