बलिउड फिल्म ‘बडे मिया छोटे मिया’को ट्रेलर सार्वजनिक

बलिउड फिल्म ‘बडे मिया छोटे मिया’को ट्रेलर सार्वजनिक : Icon Khabar

काठमाडौं, चैत १८ । अप्रिलको १० तारिखबाट रिलिजमा आउन लागेको बलिउड फिल्म ‘बडे मिया छोटे मिया’को ट्रेलर सार्वजनिक गरिएको छ । पूजा इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्ममा अली अब्बास जफरको लेखन तथा निर्देशन छ ।

यो फिल्ममा अक्षय कुमार, टाइगर श्राफ, पृथ्वीराज, सोनाक्षी सिन्हा, मानुषी छिल्लर लगायतका कलाकारको अभिनय छ ।

फिल्मको ट्रेलरमा दुई स्टार नायकहरूले भारतलाई जोगाउन गरेको संघर्ष र मिसनको कथा छ । फिल्ममा खलपात्रको अनुहार भने देखाइएको छैन ।

फिल्मको मेकिङ गज्जब छ । कथावस्तुमा भारत र पाकिस्तानको लडाइलाई नै प्राथमिकता दिइएको छ । इदको अवसर पारेर रिलिजमा आउन लागेको फिल्मले बक्स अफिसमा सुखद कमाई गर्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 31 March 2024
Website | + posts




ताजा
जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट अझै ५७०० कैदीबन्दी फरार
जेनजी आन्दोलनमा घाइते ३० जना अझै देशका विभिन्न अस्पतालहरूमा उपचाररत
मंगलबार नेप्से परिसूचक ५८.५५ अंकले घट्यो
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने