८४ को चुनावमा माओवादी सबैभन्दा ठूलो दल बन्ने प्रचण्डको उद्घोष

८४ को चुनावमा माओवादी सबैभन्दा ठूलो दल बन्ने प्रचण्डको उद्घोष : Icon Khabar

काठमाडाैं, चैत १६ । प्रधानमन्त्री एवं माओ‌वादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८४ को आम निर्वाचनमा आफ्नो पार्टी सबैभन्दा ठूलो दल बन्ने उद्घोष गरेका छन्।

माओवादी धारका पार्टीहरूबीच एकता प्रक्रिया अगाडि बढेको भन्दै मकवानपुरमा आज माओवादी केन्द्रका कार्यकर्तासँगको भेटमा प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा माओवादीहरू एकताबद्ध हुने विश्वास व्यक्त गरेका हुन। उनले माओवादी निकट दलहरुको एकताले नै आफ्नो पार्टीलाई सबैभन्दा ठूलो दल बनाउने उद्‍घोष गरे ।

साथै प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी बनाउने तयारीका साथ सरकार अगाडि बढेको बताउँदै आर्थिक वर्ष २०८१/८२ को बजेट उत्पादन एवं रोजगारी विस्तारमा केन्द्रित हुने र सोहीअनुसार नयाँ योजनाहरू तयार गर्न सरकार लागिपरेको बताए।

उनले भने, ‘पछिल्लो समीकरण सरकारको गति बढाउन र जनताका आकांक्षा पूरा गर्ने उद्देश्यका साथ निर्माण भएको हो, नयाँ समीकरण बनेको एक महिना नपुग्दै धेरै राम्रा काम अगाडि बढेका छन्, अब देशको आर्थिक क्षेत्रपनि चलायमान हुन्छ।’

Published Date: 29 March 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास