आयरल्यान्ड ‘ए’ले नेपाल ‘ए’लाई दियो २२३ रनको लक्ष्य

आयरल्यान्ड ‘ए’ले नेपाल ‘ए’लाई दियो २२३ रनको लक्ष्य : Icon Khabar

काठमाडाैं, चैत १६ । आयरल्यान्डको ए टोलीले पहिलो ट्वान्टीट्वान्टी खेलमा नेपाल ‘ए’ क्रिकेट टोलीलाई विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आयरल्यान्डको एले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२२ रन जोडेको हो । आयरल्यान्डको एका लागि ओपनर पिटर मूरले सर्वाधिक ४९ रन जोडे । ३२ बल खेल्दै ३ छक्का र ४ चौकाको मदतमा ४९ रन जोडेका हुन् । तर, अर्धशतकमा भने चुके ।

त्यस्तै, आपिटर मूरले ३२ बल खेल्दै ३ छक्का र ४ चौकाको मदतमा ४९ रन जोडे । कप्तान नेल रक र केड कार्माइकलले समान ३८ ३८ रन जोडे । स्टेफेन डोहेनीले ३४ रन जोडे । ग्यारेथ डेलानीले १४ बल खेल्दै ३० रन तथा गाभीन होयले ६ बलमा १८ रन जोडे । उनीहरु नटआउट रहे ।

बलिङतर्फ कमल सिंह ऐरीले सर्वाधिक ३ विकेट लिए । लामोसमय पछि मैदानमा फर्किएका उनले ४ ओभरमा ३९ रन खर्चिँदै ३ विकेट लिएका हुन् । साथै आरिफ शेख र सागर ढकालले एकएक विकेट लिए ।

हिजोका लागि तय भएको उक्त खेल वर्षाका कारण स्थगित भएको थियो । यसअघि आयरल्यान्ड एले रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाली राष्ट्रिय टिमसँग दुई ट्वान्टी–२० क्रिकेट खेलेको थियो । तर, दुवै खेल नेपालले जित्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 March 2024
Website | + posts




ताजा
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने
७० वर्षभन्दा माथिका जेष्ठ नागरिकले हवाई टिकटमा ५० प्रतिशत छुट पाउने
नयाँ नेपाली फिल्म ‘आ बाट आमा’ को नयाँ पोस्टर सार्वजनिक, माघ १६ गतेदेखि प्रदर्शनमा आउने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा साइकल संस्कृति प्रवर्द्धन गर्न साइकल कनेक्ट र जेन्युन स्कुलबीच सम्झौता