आयरल्यान्ड ‘ए’ले नेपाल ‘ए’लाई दियो २२३ रनको लक्ष्य

आयरल्यान्ड ‘ए’ले नेपाल ‘ए’लाई दियो २२३ रनको लक्ष्य : Icon Khabar

काठमाडाैं, चैत १६ । आयरल्यान्डको ए टोलीले पहिलो ट्वान्टीट्वान्टी खेलमा नेपाल ‘ए’ क्रिकेट टोलीलाई विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आयरल्यान्डको एले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२२ रन जोडेको हो । आयरल्यान्डको एका लागि ओपनर पिटर मूरले सर्वाधिक ४९ रन जोडे । ३२ बल खेल्दै ३ छक्का र ४ चौकाको मदतमा ४९ रन जोडेका हुन् । तर, अर्धशतकमा भने चुके ।

त्यस्तै, आपिटर मूरले ३२ बल खेल्दै ३ छक्का र ४ चौकाको मदतमा ४९ रन जोडे । कप्तान नेल रक र केड कार्माइकलले समान ३८ ३८ रन जोडे । स्टेफेन डोहेनीले ३४ रन जोडे । ग्यारेथ डेलानीले १४ बल खेल्दै ३० रन तथा गाभीन होयले ६ बलमा १८ रन जोडे । उनीहरु नटआउट रहे ।

बलिङतर्फ कमल सिंह ऐरीले सर्वाधिक ३ विकेट लिए । लामोसमय पछि मैदानमा फर्किएका उनले ४ ओभरमा ३९ रन खर्चिँदै ३ विकेट लिएका हुन् । साथै आरिफ शेख र सागर ढकालले एकएक विकेट लिए ।

हिजोका लागि तय भएको उक्त खेल वर्षाका कारण स्थगित भएको थियो । यसअघि आयरल्यान्ड एले रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाली राष्ट्रिय टिमसँग दुई ट्वान्टी–२० क्रिकेट खेलेको थियो । तर, दुवै खेल नेपालले जित्यो ।

Published Date: 29 March 2024








ताजा
कटुन्जेको मनोरम स्कूलमा यहि वैशाख १२ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने
भक्तपुरको मालपोत कार्यालयमा सेवा प्रवाहमा अवरोध पुर्‍याउने ११ जना पक्राउ
मुगुको रारा ताल: प्रकृतिको अनुपम उपहार
तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन शाह मातहतमै रहने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा