बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने : Icon Khabar

मकवानपुर, चैत १६  । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रदेश सभामा दर्ता गरिएको छ । नेकपा (माओवादी केन्द्र) का मुख्य सचेतक रत्न ढकालले शुक्रबार विश्वासको मतसम्बन्धी प्रस्ताव दर्ता गरेको प्रदेश सभा सचिवालयले जनाएको छ । प्रस्तावमा चैत १९ गते विश्वासको मत लिने व्यवस्था गर्न आग्रह गरिएको छ ।

नयाँ गठबन्धन बनेसँगै नेपाली कांग्रेसले गत फागुन २३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। त्यससँगै सरकारमा सहभागी कांग्रेसका मन्त्री पनि फिर्ता भएका थिए । कांग्रेसले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन लागेका हुन् । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

११० सदस्यीय बागमती प्रदेश सभामा बहुमतका लागि ५६ सांसदको समर्थन आवश्यक पर्छ । सत्तारूढ गठबन्धनमा रहेका नेकपा (एमाले) का २७, माओवादीका २१ र नेकपा (एकीकृत समाजवादी)का सात सांसद छन् । त्यस्तै, विपक्षमा रहेका नेपाली कांग्रेसका ३७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १३ र नेपाल मजदूर किसान पार्टीका तीन सांसद छन् ।

दुई सांसद रहेको हाम्रो नेपाली पार्टीले पनि बिहीबार गठबन्धनमा सहभागी हुने सहमति गरेको थियो भने शैलेन्द्रमान बज्राचार्य मन्त्री बनेका थिए । यसले हाम्रो नेपाली पार्टीभित्र विवाद सिर्जना भएको छ । तैपनि मुख्यमन्त्री जम्कट्टेलले यही मौकामा विश्वासको मत लिन लागेका हुन् । हाम्रो नेपाली पार्टीका दुई सांसदले मत दिएमा विश्वासको मत पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 March 2024
Website | + posts










ताजा
सोमबार नेप्से परिसूचक ३१.७८ अंकले बढ्यो
आइतबारसम्म मुलुकभर ७२.१४ प्रतिशत मात्र धान रोपाइँ, यो वर्ष धान उत्पादन घट्ने अनुमान
ट्रम्पले ओबामा पक्राउ परेको एआई भिडियो आफ्नो ट्रुथ सोसल खातामा पोस्ट गरेपछि…
भोटेकोशीमा आएको बाढीले पुर्‍याएको क्षतिले बीमा कम्पनीहरूमा पर्यो २८ करोड ९२ लाख रूपैयाँको दाबी










ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला