बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने : Icon Khabar

मकवानपुर, चैत १६  । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रदेश सभामा दर्ता गरिएको छ । नेकपा (माओवादी केन्द्र) का मुख्य सचेतक रत्न ढकालले शुक्रबार विश्वासको मतसम्बन्धी प्रस्ताव दर्ता गरेको प्रदेश सभा सचिवालयले जनाएको छ । प्रस्तावमा चैत १९ गते विश्वासको मत लिने व्यवस्था गर्न आग्रह गरिएको छ ।

नयाँ गठबन्धन बनेसँगै नेपाली कांग्रेसले गत फागुन २३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। त्यससँगै सरकारमा सहभागी कांग्रेसका मन्त्री पनि फिर्ता भएका थिए । कांग्रेसले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन लागेका हुन् । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

११० सदस्यीय बागमती प्रदेश सभामा बहुमतका लागि ५६ सांसदको समर्थन आवश्यक पर्छ । सत्तारूढ गठबन्धनमा रहेका नेकपा (एमाले) का २७, माओवादीका २१ र नेकपा (एकीकृत समाजवादी)का सात सांसद छन् । त्यस्तै, विपक्षमा रहेका नेपाली कांग्रेसका ३७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १३ र नेपाल मजदूर किसान पार्टीका तीन सांसद छन् ।

दुई सांसद रहेको हाम्रो नेपाली पार्टीले पनि बिहीबार गठबन्धनमा सहभागी हुने सहमति गरेको थियो भने शैलेन्द्रमान बज्राचार्य मन्त्री बनेका थिए । यसले हाम्रो नेपाली पार्टीभित्र विवाद सिर्जना भएको छ । तैपनि मुख्यमन्त्री जम्कट्टेलले यही मौकामा विश्वासको मत लिन लागेका हुन् । हाम्रो नेपाली पार्टीका दुई सांसदले मत दिएमा विश्वासको मत पुग्नेछ ।

Published Date: 29 March 2024




ताजा
भक्तपुरमा अन्तर–वडा फुटसल प्रतियोगिताको रोमाञ्चक प्रतिस्पर्धा जारी, आज अपरान्ह तीन खेल हुने
सोमबार सुनको भाउ बढ्यो
धुलिखेल अस्पतालमा सेवाग्राहीको आक्रोश : सर्भर डाउन हुँदा ३ घण्टादेखि सेवा प्रभावित
तीन प्रदेशमा बदली र वर्षाको सम्भावना, सुदूरपश्चिम र लुम्बिनीमा तातो हावाको जोखिम




ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
समयसँग जुध्दै, सपनालाई आकार दिँदै: मनोरम बोर्डिङ्ग स्कुलको प्रेरणादायी यात्रा
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
जेसीज् सेकेन्डरी स्कुल : गुणस्तरीय शिक्षा र समग्र विकासको उत्कृष्ट गन्तव्य