‘महाजात्रा’ सुपरहिट घोषित

‘महाजात्रा’ सुपरहिट घोषित : Icon Khabar

काठमाडाैं, चैत १६ । षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग फिल्म ‘महाजात्रा’ लाई देशकै ठूलो चेन क्युएफएक्स सिनेमाजले ‘सुपरहिट’ घोषणा गरेको छ । क्युएफएक्सले कुनै पनि नेपाली फिल्मलाई आफ्नो वेबसाइटमार्फत ‘सुपरहिट’ ट्याग दिएको यो पहिलोपटक हो ।

क्युएफएक्सका अनुसार देशभरका आफ्ना हलमा पहिलो हप्ता उक्त फिल्मले गरेको व्यापारका आधारमा यो घोषणा गरिएको हो । दर्शकबाट प्राप्त प्रतिक्रिया र ब्राण्डले निर्माण गरेको हाइपको आधारमा फिल्मलाई देशभरका सिनेमा हलले उच्च शो दिएका छन् । उल्लेख्य संख्यामा दर्शकले यो फिल्म हेरिरहेका छन् ।

आजबाट फिल्म ‘महाजात्रा’ दोस्रो सातामा प्रवेश गरेको छ । फिल्मले पहिलो साता सुखद कमाई गर्दै दोस्रो साताको यात्रा तय गरेको हो ।

यो फिल्मले रिलिजको पहिलो दिन १ करोड २३ लाख, दोस्रो दिन १ करोड ८३ लाख र तेस्रो दिन १ करोड २० लाखको ग्रस कलेक्शन गरेको थियो । ३ दिनमा फिल्मको ग्रस कलेक्शन ४ करोड २६ लाख पुगेको थियो । यसपछिका बाँकी दिनमा यो फिल्मले १ करोड ९८ लाखको ग्रस कलेक्शन गरेको थियो । फिल्मले एक सातामा ६ करोड २४ लाखको ग्रस कलेक्शन गरेको निर्माणपक्षले उपलब्ध गराएको आँकडामा भनिएको छ ।

यो फिल्मले विश्व बजार, डिजिटल मार्केटबाट पहिले नै लगानी उठाइसकेको थियो । यसैले, नेपालबाट फिल्मले कमाएको सबै शेयर निर्माताको गोजीमा जाने वुझिएको छ ।

प्रदीप भट्टराईको निर्देशनमा तयार भएको फिल्म सुपरहिट भइसकेको छ । अब, फिल्मले बक्स अफिसमा ब्लकबस्टर व्यापार गर्छ या गर्दैन, त्यसका लागि भने केही साता पर्खिनुपर्ने हुन्छ ।

फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, वर्षा राउत, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, राजाराम पौडेल, दिव्य देव, शिशिर वाङ्देल लगायतका कलाकारको अभिनय छ । ‘महाजात्रा’ यो बर्षको छैटौँ हिट फिल्म समेत बनेको छ । फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलको लगानी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 March 2024
Website | + posts




ताजा
जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट अझै ५७०० कैदीबन्दी फरार
जेनजी आन्दोलनमा घाइते ३० जना अझै देशका विभिन्न अस्पतालहरूमा उपचाररत
मंगलबार नेप्से परिसूचक ५८.५५ अंकले घट्यो
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने