बागमतीमा बज्राचार्य मन्त्री बनेपछि हानेपामा विवाद : अध्यक्षले दिए कारवाहीको चेतावनी

बागमतीमा बज्राचार्य मन्त्री बनेपछि हानेपामा विवाद : अध्यक्षले दिए कारवाहीको चेतावनी : Icon Khabar

काठमाडाैं, चैत १६ । हाम्रो नेपाली पार्टी (हानेपा) ले बागमती प्रदेशको नव नियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यलाई कारबाहीको गर्ने भएको छ । आज हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी हानेपा केन्द्रीय अध्यक्ष अनन्तराज घिमिरेले पार्टी केन्द्रीय समितिको निर्णयविरुद्ध मन्त्रीको शपथ लिएका बज्राचार्यलाई कारबाही गर्ने बताए ।

चैत्र ३–४ गते काठमाडौंमा भएको केन्द्रीय समितिको बैठकले मौजुदा गठवन्धनलाई समर्थन नदिने निर्णय गरेको र सो निर्णयविरुद्ध बज्राचार्य मन्त्री बनेको भन्दै उनलाइ कारवाही गरिने घिमिरेले बताए । आफ्नो प्रदेशसभा सभासदलाई सत्तारुढ दलले अपहरण गरेर मन्त्री बनाएको भन्दै उनले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले युवाहरुलाई विकृत राजनीतिक सँस्कार सिकाएको आरोप लगाए ।

एउटा प्रदेशको माननीयलाई राजनीतिक अपहरण गरेर मन्त्री बनाइनु लज्जास्पद विषय भएको उनको भनाइ छ । चैत्र १५ मा हानेपाका बज्राचार्य प्रदेश सरकारमा सामेल भएपछि आज हेटौंडा आएर हानेपाले पत्रकार सम्मेलन गर्दै कारबाहीको चेतावनी दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 March 2024
Website | + posts




ताजा
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने
७० वर्षभन्दा माथिका जेष्ठ नागरिकले हवाई टिकटमा ५० प्रतिशत छुट पाउने
नयाँ नेपाली फिल्म ‘आ बाट आमा’ को नयाँ पोस्टर सार्वजनिक, माघ १६ गतेदेखि प्रदर्शनमा आउने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा साइकल संस्कृति प्रवर्द्धन गर्न साइकल कनेक्ट र जेन्युन स्कुलबीच सम्झौता