बागमतीमा बज्राचार्य मन्त्री बनेपछि हानेपामा विवाद : अध्यक्षले दिए कारवाहीको चेतावनी

बागमतीमा बज्राचार्य मन्त्री बनेपछि हानेपामा विवाद : अध्यक्षले दिए कारवाहीको चेतावनी : Icon Khabar

काठमाडाैं, चैत १६ । हाम्रो नेपाली पार्टी (हानेपा) ले बागमती प्रदेशको नव नियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यलाई कारबाहीको गर्ने भएको छ । आज हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी हानेपा केन्द्रीय अध्यक्ष अनन्तराज घिमिरेले पार्टी केन्द्रीय समितिको निर्णयविरुद्ध मन्त्रीको शपथ लिएका बज्राचार्यलाई कारबाही गर्ने बताए ।

चैत्र ३–४ गते काठमाडौंमा भएको केन्द्रीय समितिको बैठकले मौजुदा गठवन्धनलाई समर्थन नदिने निर्णय गरेको र सो निर्णयविरुद्ध बज्राचार्य मन्त्री बनेको भन्दै उनलाइ कारवाही गरिने घिमिरेले बताए । आफ्नो प्रदेशसभा सभासदलाई सत्तारुढ दलले अपहरण गरेर मन्त्री बनाएको भन्दै उनले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले युवाहरुलाई विकृत राजनीतिक सँस्कार सिकाएको आरोप लगाए ।

एउटा प्रदेशको माननीयलाई राजनीतिक अपहरण गरेर मन्त्री बनाइनु लज्जास्पद विषय भएको उनको भनाइ छ । चैत्र १५ मा हानेपाका बज्राचार्य प्रदेश सरकारमा सामेल भएपछि आज हेटौंडा आएर हानेपाले पत्रकार सम्मेलन गर्दै कारबाहीको चेतावनी दिएको हो ।

Published Date: 29 March 2024


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु