नेपाल भलिबल संंघ र केल्मीबीच ३ वर्षका लागि सम्झौता नविकरण

नेपाल भलिबल संंघ र केल्मीबीच ३ वर्षका लागि सम्झौता नविकरण : Icon Khabar

काठमाडौँ, चैत १५ ।  अन्तर्राष्ट्रिय खेल पोशाक तथा सामग्री निमार्ण कम्पनी केल्मी स्पोर्टस प्रोडक्ट कम्पनीले राष्ट्रिय खेल भलिबललाई आफ्नो प्रायोजनमा निरन्तरता दिएको छ ।

केल्मीको नेपालका लागि आधिकारिक विक्रेता कामारु ट्रेडिङ प्राली र नेपाल भलिबल संंघबीच बिहीबार ३ वर्षका लागि सम्झौता नविकरण भएको हो । कामारुका निर्देशक प्रदीप न्यौपाने र संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । तीन वर्षअघि संघ र कामारुबीच २ वर्षे सम्झौता भएको थियो । सम्झौता अवधि गत वर्ष नै सकिए पनि आपसी सहमतिकै आधारमा पछिल्लो एक वर्षपछि प्रायोजन निरन्तर भइरहेको बताइएको छ ।

नेपालको राष्ट्रिय खेल भलिबललाई पोशाक प्रायोजन गर्ने केल्मी पहिलो कम्पनी हो । नयाँ सम्झौता अनुसार हरेक वर्ष केल्मीले भलिबल संघलाई राष्ट्रिय तथा उमेर समूहका टोलीलाई आवश्यक पर्ने म्याच जर्सी सेट, अभ्यास जर्सी सेट, ट्राभलिङ टिसर्ट, ट्रयाकसुट, जुत्ता, झोला, क्याप, निप्याड, मोजा, ४ सय थान बल र १ सय थान नेट उपलब्ध गराउने कामारुका प्रबन्ध निर्देशक उत्तम न्यौपानेले जानकारी दिए ।

यसअघि केल्मीले अनौपचारिक रुपमा नेपाली राष्ट्रिय भलिबल टोलीलाई सघाउँदै आएपनि आगामी दिनमा भने औपचारिक रुपमै अघि बढ्ने हिसाबले केल्मीसँग नयाँ सम्भौता गरिएको संघका अध्यक्ष चन्दले बताए ।

केल्मीले तीन वर्षमा भलिबल संघलाई उपलब्ध गराउने सामाग्रीको मुल्य करिब १ करोड रुपैयाँ बराबर रहने बताइएको छ । नयाँ सम्झौतासँगै यसअघि राष्ट्रिय खेलाडीको लागि जर्सी लगायतको खेल सामाग्री व्यवस्थापनमा भोग्दै आउनु परेको टाउको दुखाई र झन्झटबाट अब भने संघले विश्राम पाएको भन्दै चन्दे केल्मीलाई धन्यवाद दिए ।

कामारुका निर्देशक न्यौपानेले भलिबल संघसँग औपचारिक रुपमा नयाँ सहकार्य गर्न पाउँदा खुशी लागेको बताए । यस्तै उनले केल्मी र नेपाल भलिबल संघबीचको यो सम्बन्ध आगामी २० वर्षसम्म लम्बिदै जानेमा आफू विश्वस्त रहेको र यसले भलिबललाई थप व्यवसायिक बनाउनेमा विश्वास व्यक्त गरे ।

‘राष्ट्रिय खेलका हरेक तहका राष्ट्रिय खेलाडीको पोशाकमा एकरुपता रहनुपर्छ भन्ने मान्यताका साथ हामीले प्रायोजन सम्झौता गरका थियौं,’ प्रबन्ध निर्देशक न्यौपानेले भने, ‘हामी पछिल्लो तीन वर्षको सहकार्यबाट सन्तुष्ट छौं । संघ पनि हाम्रो सहकार्यबाट सन्तुष्ट पाएपछि सम्झौता नविकरण गरेका हौं । देशको राष्ट्रिय खेल प्रति हाम्रो पनि दायित्व हुन्छ त्यसैलाई निर्वाह गर्ने क्रममा यो सम्झौताले निरन्तरता पाएको हो ।’

पछिल्लो तीन वर्ष केल्मीको पोशाक भलिबल खेलाडी, प्रशिक्षक, व्यवस्थापक आयोजकमा लोकप्रिय रहँदै आएको छ । केल्मी संघको किट्स पार्टरनको रुपमा रहनेछ । देशभर विभिन्न जिल्लामा १५ वर्ढा आउटलेट रहेको केल्मी नेपाली खेलकुदमा स्थापित ब्रान्डका रुपमा रहेको छ । अहिले राष्ट्रिय फुटबल टोली, गल्फको राष्ट्रिय टोली, तीन विभागिय टोली (सेना, प्रहरी र शसस्त्र) लगायत अन्य कतिपय क्लबको केल्मी अफिसियल किट्स रहेको छ ।

Published Date: 28 March 2024


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु