सेयरबजारमा झिनो वृद्धि, कारोबारमा पनि सामान्य सुधार

सेयरबजारमा झिनो वृद्धि, कारोबारमा पनि सामान्य सुधार : Icon Khabar

काठमाडाैँ, चैत १५ । बिहीबार नेप्से परिसूचक ४.७८ अंक बढेर २०३५.६४ विन्दुमा पुगेको छ। त्यसैगरी, न फ्लोट इण्डेक्स ०.०५ अंक बढेको छ भने सेन्सेटिभ इण्डेक्स ०.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२७ अंक घटेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि सामान्य बढेको छ। अघिल्लो कारोबार दिन २ अर्ब २३ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ३१३ स्टकको ५३ हजार ६१९ पटकको कारोबारमा २ अर्ब ६५ करोड ३३ लाख रुपैयाँ बराबरको ६६ लाख १४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बिहीबार दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। हिमालयन उर्जा विकास कम्पनी र सर्वोत्तम सिमेन्टको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, हिमालयन हाइड्रोपावरको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ भने सामलिङ्ग पावर कम्पनीको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको उन्नती सहकार्य लघुवित्त र धौलागिरी लघुवित्तको शेयर यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा आज सर्वोत्तम सिमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको १९ करोड ३७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, आज गोर्खाज फाइनान्सको १६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने शिवम् सिमेन्ट्सको कारोबार रकम १५ करोड नाघेको छ।

बिहीबार १३ मध्ये ८ उपसमूहको परिसूचक बढेपछि नेप्से सामान्य अंक बढ्न पुगेको हो। यस दिन विकास बैंक, वित्त, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक बढेको हो। जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.४० प्रतिशत बढेको छ। यस दिन बैंकिङ्ग, होटल तथा पर्यटन, लघुवित्त र अन्य उपसमूहको परिसूचक घटेको हो।

Published Date: 28 March 2024




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न