सेयरबजारमा झिनो वृद्धि, कारोबारमा पनि सामान्य सुधार

सेयरबजारमा झिनो वृद्धि, कारोबारमा पनि सामान्य सुधार : Icon Khabar

काठमाडाैँ, चैत १५ । बिहीबार नेप्से परिसूचक ४.७८ अंक बढेर २०३५.६४ विन्दुमा पुगेको छ। त्यसैगरी, न फ्लोट इण्डेक्स ०.०५ अंक बढेको छ भने सेन्सेटिभ इण्डेक्स ०.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२७ अंक घटेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि सामान्य बढेको छ। अघिल्लो कारोबार दिन २ अर्ब २३ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ३१३ स्टकको ५३ हजार ६१९ पटकको कारोबारमा २ अर्ब ६५ करोड ३३ लाख रुपैयाँ बराबरको ६६ लाख १४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बिहीबार दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। हिमालयन उर्जा विकास कम्पनी र सर्वोत्तम सिमेन्टको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, हिमालयन हाइड्रोपावरको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ भने सामलिङ्ग पावर कम्पनीको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको उन्नती सहकार्य लघुवित्त र धौलागिरी लघुवित्तको शेयर यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा आज सर्वोत्तम सिमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको १९ करोड ३७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, आज गोर्खाज फाइनान्सको १६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने शिवम् सिमेन्ट्सको कारोबार रकम १५ करोड नाघेको छ।

बिहीबार १३ मध्ये ८ उपसमूहको परिसूचक बढेपछि नेप्से सामान्य अंक बढ्न पुगेको हो। यस दिन विकास बैंक, वित्त, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक बढेको हो। जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.४० प्रतिशत बढेको छ। यस दिन बैंकिङ्ग, होटल तथा पर्यटन, लघुवित्त र अन्य उपसमूहको परिसूचक घटेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 March 2024
Website | + posts
ताजा
आइकन खबर डटकम अब साइकल कनेक्ट भक्तपुरको आधिकारिक मिडिया पार्टनर
प्यालेस्टाइनद्वारा प्यालेस्टिन राज्यलाई मान्यता दिन र संयुक्त राष्ट्रसङ्घमा सदस्यतालाई समर्थन गर्न आग्रह
अझै खुल्न सकेन सिन्धुपाल्चोकको भोटेकोशीमा गत साउन १८ गतेको पहिरोले अवरुद्ध अरनिको राजमार्ग
भारत र चीनबिचको सम्झौता अस्वीकार्य: गगन थापा


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू