अव्यवस्थित राजनीतिका कारण खेलाडीहरुको पुरस्कार राशी दिन सकिएन -मन्त्री श्रेष्ठ

अव्यवस्थित राजनीतिका कारण खेलाडीहरुको पुरस्कार राशी दिन सकिएन -मन्त्री श्रेष्ठ : Icon Khabar

काठमाडाैँ, चैत १५ ।  युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले राजनीतिक क्षेत्रमा भएको अस्तव्यस्थताका कारण खेलाडीहरुलाई पुरस्कार बापतको रकम उपलब्ध गराउन असहज भएको बताएका छन् ।

आगामी टी–२० विश्व कपको तयारीका क्रममा नेपाली राष्ट्रिय क्रिकेट टोली भारतको दुईवटा घरेलु टोलीसँग त्रिकोणात्मक श्रृङ्खला खेल्न भारत जाँदैछ । भारत जाने नेपाली राष्ट्रिय टोलीलाई क्यानले शुभकामना सहित आज विदाई गरेको छ । उक्त श्रृङ्खला मार्च ३१ देखि अप्रिल ७ तारिखसम्म आयोजना हुँदै छ । नेपाली टोलीलाई भारतमा हुने त्रिकोणात्मक श्रृङ्खलाले थप अनुभव बटुल्ने मौका प्रदान गर्नेछ ।

क्यानले आज आयोजना गरेको पत्रकार सम्मेलनमा खेलकुदमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले भने, ‘सबैलाई शुभकामना दिन चाहन्छु र पुरस्कार राशीका कुराहरु छन् सबै खेल क्षेत्रमा नै यो समस्या छ । हिजो भर्खरै हामीले त्यो प्रक्रियालाई अगाडि बढाउने कुरा भएको थियो । यो सबै राजनीतिक क्षेत्र अव्यवस्थित हुँदा भइरहेको कुराहरु हो ।’

यस्तै, उनले खेलको परम्परागतशैलीलाई नीतिगत रुपमै सुधार गरेर नयाँ तरिकाबाट हेर्न आवश्यक भएको भन्दै सुधारको लागि आफू प्रयासरत रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 March 2024
Website | + posts




ताजा
जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट अझै ५७०० कैदीबन्दी फरार
जेनजी आन्दोलनमा घाइते ३० जना अझै देशका विभिन्न अस्पतालहरूमा उपचाररत
मंगलबार नेप्से परिसूचक ५८.५५ अंकले घट्यो
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने