नेपाल ‘ए’ र आयरल्याण्ड वोल्भ्सबीचको टी–२० खेल रद्द

नेपाल ‘ए’ र आयरल्याण्ड वोल्भ्सबीचको टी–२० खेल रद्द : Icon Khabar

काठमाडाैँ, चैत १५ । नेपाल ‘ए’ र आयरल्याण्ड वोल्भ्सबीचको टी–२० सिरिजको पहिलो खेल रद्द भएको छ । लगातारको बर्षाका कारण मैदान खेल्न योग्य नभएपछि आजको खेल रद्द भएको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको हो ।

त्रिवि मैदानमा हुने यो खेल अपराहन्न १ बजेदेखि शुरु हुने तालिका रहेको थियो । नेपाल ‘ए’ ले मार्च २८ , २९ र ३१ मा आयरल्याण्ड वोल्भ्ससँग टी–२० सिरिज र अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल्ने तालिका रहेको छ । त्यसअघि नेपालको राष्ट्रिय टिमले आयरल्याण्ड ‘ए’ सँग दुई टी–२० खेल खेलेको थियो, जसमा दुवै खेल नेपालले जितेको थियो ।

टी–२० सिरिज खेल्ने नेपाली ए टिम

विनोद भण्डारी (कप्तान), लोकेस बम, देव खनाल, पवन सराफ, किरण ठगुन्ना, आरिफ सेख, अर्जुन घर्ति, नारायण जोशी, बशीर अहमद, रसिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री रहेका छन् ।

Published Date: 28 March 2024




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न