नेपाल ‘ए’ र आयरल्याण्ड वोल्भ्सबीचको टी–२० खेल रद्द

नेपाल ‘ए’ र आयरल्याण्ड वोल्भ्सबीचको टी–२० खेल रद्द : Icon Khabar

काठमाडाैँ, चैत १५ । नेपाल ‘ए’ र आयरल्याण्ड वोल्भ्सबीचको टी–२० सिरिजको पहिलो खेल रद्द भएको छ । लगातारको बर्षाका कारण मैदान खेल्न योग्य नभएपछि आजको खेल रद्द भएको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको हो ।

त्रिवि मैदानमा हुने यो खेल अपराहन्न १ बजेदेखि शुरु हुने तालिका रहेको थियो । नेपाल ‘ए’ ले मार्च २८ , २९ र ३१ मा आयरल्याण्ड वोल्भ्ससँग टी–२० सिरिज र अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल्ने तालिका रहेको छ । त्यसअघि नेपालको राष्ट्रिय टिमले आयरल्याण्ड ‘ए’ सँग दुई टी–२० खेल खेलेको थियो, जसमा दुवै खेल नेपालले जितेको थियो ।

टी–२० सिरिज खेल्ने नेपाली ए टिम

विनोद भण्डारी (कप्तान), लोकेस बम, देव खनाल, पवन सराफ, किरण ठगुन्ना, आरिफ सेख, अर्जुन घर्ति, नारायण जोशी, बशीर अहमद, रसिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 March 2024
Website | + posts




ताजा
जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट अझै ५७०० कैदीबन्दी फरार
जेनजी आन्दोलनमा घाइते ३० जना अझै देशका विभिन्न अस्पतालहरूमा उपचाररत
मंगलबार नेप्से परिसूचक ५८.५५ अंकले घट्यो
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने