आइपिएलमा नयाँ कीर्तिमान बनाउँदै मुम्बईमाथि सनराइजर्स ३१ रनले विजयी

आइपिएलमा नयाँ कीर्तिमान बनाउँदै मुम्बईमाथि सनराइजर्स ३१ रनले विजयी : Icon Khabar

काठमाडाैँ, चैत १५ । कीर्तिमानी योगफल सहित रनको वर्षा भएको खेलमा सनराईजर्स हैदराबादले मुम्बई इन्डियन्स विरुद्ध जित दर्ता गरेको छ । हैदराबादले मुम्बई माथि ३१ रनको जित निकालेको हो ।

घरेलु मैदानमा भएको खेलमा हैदराबाद इंडियन प्रिमियर लिग (आईपिएल) इतिहासको सबैभन्दा ठूलो योगफल खडा गरेको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २७७ रनको योगफल खडा गर्यो ।

यो योगफल सँगै रोयल च्यालेन्जर्स बैंगलोरले २०१३ मा पुने वारियर्स इंडिया विरुद्ध बनाएको २६३ रनको योगफलको कीर्तिमान टुटेको छ ।

हैदराबादका लागि हेन्रीक क्लासनले ३४ बलमा ४ चौका र ७ छक्का सहित सर्वाधिक ८० रन बनाए । यस्तै अभिषेक शर्माले २३ बलमा ३ चौका र ७ छक्कासहित ६३ रन जोडे भने ट्राभिस हेडले २४ बलमा ९ चौका र ३ छक्कासहित ६२ रन बनाए । एइडन मारक्रमले २८ बलमा ४२ रनको योगदान गरे ।

मुम्बईमा सबै बलर महंगो सावित भए । १७ वर्षीय दक्षिण अफ्रिकी बलर क्वेना मफाकाले ४ ओभरमा ६६ रन खर्चिए । जस्तै कप्तान हार्दिक पन्ड्याले ४६, जेराल्ड कोटजीले ५७ रन दिंदै १-१ विकेट पनि लिए । अर्को एक विकेट पियुस चावलाले लिए । उनले २ ओभरमा ३४ रन खर्चिएका थिए । जस्पृत बुम्राहले ४ ओभरमा ३६ रन खर्चिए ।

जवाफमा मुम्बईमेल ५ विकेट गुमाएर २४६ रन बनाउन सक्यो । मुम्बईमा तिलक वर्माले सर्वाधिक ६४ रन बनाए । उनले ३४ बलमा २ चौका र ६ छक्का प्रहार गरे । यस्तै टिम डेभिडले ४२, ईशान किसनले ३४, नमन धिरले ३० तथा रोहित शर्माले २६ रन बनाए ।

जयदेव उनादकट र प्याट कमिन्सले समान २-२ विकेट लिए । शाहबाज अहमदले १ विकेट लिए ।

यो हैदराबादको यस संस्करणको पहिलो जित हो । मुम्बई भने दुवै खेलन पराजित भएको छ । भोलि हुने खेलमा राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स भिड्ने छन् ।एजेन्सी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 March 2024
Website | + posts


ताजा
डा. सन्दीप भण्डारी : नेपालको पहिलो रोबोटिक-असिस्टेड घुँडा र हिप रिप्लेसमेन्ट सर्जन
मल्लकालमा भक्तपुरको खानेपानी आपूर्ति गर्नका लागि बनाइएको मुहान पोखरी (फोटो फिचर)
काठमाडौँमा राष्ट्रिय नाटक महोत्सव सम्पन्न
राजु कर्माचार्यको आफ्नै शब्द, संगीत र स्वरमा सजिएको नयाँ गीत “आफ्नो मान्छे” सार्वजनिक


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू