आइपिएलमा नयाँ कीर्तिमान बनाउँदै मुम्बईमाथि सनराइजर्स ३१ रनले विजयी

आइपिएलमा नयाँ कीर्तिमान बनाउँदै मुम्बईमाथि सनराइजर्स ३१ रनले विजयी : Icon Khabar

काठमाडाैँ, चैत १५ । कीर्तिमानी योगफल सहित रनको वर्षा भएको खेलमा सनराईजर्स हैदराबादले मुम्बई इन्डियन्स विरुद्ध जित दर्ता गरेको छ । हैदराबादले मुम्बई माथि ३१ रनको जित निकालेको हो ।

घरेलु मैदानमा भएको खेलमा हैदराबाद इंडियन प्रिमियर लिग (आईपिएल) इतिहासको सबैभन्दा ठूलो योगफल खडा गरेको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २७७ रनको योगफल खडा गर्यो ।

यो योगफल सँगै रोयल च्यालेन्जर्स बैंगलोरले २०१३ मा पुने वारियर्स इंडिया विरुद्ध बनाएको २६३ रनको योगफलको कीर्तिमान टुटेको छ ।

हैदराबादका लागि हेन्रीक क्लासनले ३४ बलमा ४ चौका र ७ छक्का सहित सर्वाधिक ८० रन बनाए । यस्तै अभिषेक शर्माले २३ बलमा ३ चौका र ७ छक्कासहित ६३ रन जोडे भने ट्राभिस हेडले २४ बलमा ९ चौका र ३ छक्कासहित ६२ रन बनाए । एइडन मारक्रमले २८ बलमा ४२ रनको योगदान गरे ।

मुम्बईमा सबै बलर महंगो सावित भए । १७ वर्षीय दक्षिण अफ्रिकी बलर क्वेना मफाकाले ४ ओभरमा ६६ रन खर्चिए । जस्तै कप्तान हार्दिक पन्ड्याले ४६, जेराल्ड कोटजीले ५७ रन दिंदै १-१ विकेट पनि लिए । अर्को एक विकेट पियुस चावलाले लिए । उनले २ ओभरमा ३४ रन खर्चिएका थिए । जस्पृत बुम्राहले ४ ओभरमा ३६ रन खर्चिए ।

जवाफमा मुम्बईमेल ५ विकेट गुमाएर २४६ रन बनाउन सक्यो । मुम्बईमा तिलक वर्माले सर्वाधिक ६४ रन बनाए । उनले ३४ बलमा २ चौका र ६ छक्का प्रहार गरे । यस्तै टिम डेभिडले ४२, ईशान किसनले ३४, नमन धिरले ३० तथा रोहित शर्माले २६ रन बनाए ।

जयदेव उनादकट र प्याट कमिन्सले समान २-२ विकेट लिए । शाहबाज अहमदले १ विकेट लिए ।

यो हैदराबादको यस संस्करणको पहिलो जित हो । मुम्बई भने दुवै खेलन पराजित भएको छ । भोलि हुने खेलमा राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स भिड्ने छन् ।एजेन्सी 

Published Date: 28 March 2024
ताजा
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक
बीपी कोइरालाको ४३औं स्मृति दिवस आज: वैचारिक अवसान र आन्तरिक विवादको घेरामा कांग्रेस
आज बुधबारको राशिफल
बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प, बैतडीसम्म धक्का महसुस


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय