सेन्ट जेभियर्स र बूढानीलकण्ठको भर्ना प्रक्रिया पारदर्शी बनाउन मन्त्रीको आग्रह

सेन्ट जेभियर्स र बूढानीलकण्ठको भर्ना प्रक्रिया पारदर्शी बनाउन मन्त्रीको आग्रह : Icon Khabar

काठमाडौँ, चैत १५ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सेन्ट जेभियर्स, सेन्ट मेरिज र बूढानीलकण्ठ विद्यालयका प्राचार्यलाई नयाँ शैक्षिकसत्रको भर्ना प्रक्रिया पारदर्शी र विश्वसनीय बनाउन आग्रह गरेकी छिन् । उनले भनसुन र पहुँचका आधारमा नभई विद्यालयले निर्धारण गरेको विधि र प्रक्रियालाई थप विश्वासिलो बनाएर योग्यताका आधारमा विद्यार्थी लिन आग्रह गरेकी हुन् ।

छलफलमा तीनवटै विद्यालयका प्राचार्यले भर्ना छनोट प्रक्रियाबारे जानकारी गराउँदै विगतमा प्रधानमन्त्रीसम्मको तहबाट दबाब आएको गुनासो गरेका थिए । मन्त्री श्रेष्ठले विगतमा जे भए पनि अबदेखि पहुँचका आधारमा भर्ना नलिन र स्थानीय सरकारसँग पनि पर्याप्त समन्वय गर्न आग्रह गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 March 2024
Website | + posts




ताजा
चिकित्सक, नर्सिङ्ग तथा अन्य स्वास्थ्यकर्मीहरूको पारिश्रमिक सरकारी सरह बनाउन निर्देशन
पछिल्लो साता काठमाडौं उपत्यका र देशका धेरै जिल्लामा डेंगुको संक्रमण बढ्दै
देशका विभिन्न कारागारबाट भागेका ५ हजार ५४७ कैदीबन्दीको नामावली सार्वजनिक
सोमबार सुनको मूल्य तोलामा २ हजार ४०० रुपैयाँले बढ्यो


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित