बालबालिकाले अत्यन्तै मन पराउने गन्तव्य सदर चिडियाखाना (फोटो फिचर)

बालबालिकाले अत्यन्तै मन पराउने गन्तव्य सदर चिडियाखाना (फोटो फिचर) : Icon Khabar
तस्बिर: राकेश बुयो

काठमाडौँ, चैत १२ । सदर चिडियाखाना (सेन्ट्रर जू) नेपालको सबै भन्दा पुरानो चिडियाखाना हो । यो ललितपुर जिल्लाको जाउलाखेलमा अवस्थित छ । सदर चिडियाखानाको सञ्चालन तथा व्यवस्थापन राष्ट्रिय प्रकृति संरक्षण कोषले गर्दै आइरहेको छ । जाउलाखेल, लगनखेल जाने सार्वजनिक सवारीसाधनमा चढेर सजिलै चिडियाखाना पुग्न सकिन्छ ।

प्रत्यक्ष रूपमा आफूले नदेखेका पशुपन्छीहरू चिडियाखानामा देख्न पाउँदा बच्चाहरु धेरै रमाउँछन् । अझै विशेष गरी साना–साना नानीबाबुहरूलाई लक्षित गरी चिडियाखानाको स्वरुप मिलाइएको छ । साना–साना नानीबाबुहरूले जीवहरू किताबमा मात्र देखेर चित्र कोर्ने गर्छन् । तर साक्षात् आफ्नो अगाडि देख्दा झनै बढी खुशी हुन्छन् ।

चिडियाखानाको जनावर जस्तै, बाँदर, बाघ, पिकक्क र चराचुरुंगीहरूको सुमधुर स्वर र एकापसमा खेलेको देख्दा बच्चाहरु रमाउने गर्छन् । यसबाहेक किताबमा देखेका जनावरहरु आँखा अगाडी देख्दा बाहिर आएर आक्रमण गर्छन् कि भन्ने डर पनि मान्ने गर्छन् ।

बालबालिकाहरुले घाममा सुतिरहेको गोही देख्दा किताबमा जस्तै नक्कली होला भन्ने सोचेर रमाउने गर्छन् । कोही सुतेको जनावर देख्दा त्यसलाई बिरामी, दुखी वा अल्छिको संज्ञा दिने गर्छन् ।

चिडियाखानामा अहिले पाँच वटा बाघ, दुई वटा गैंडा, एक हात्ती रहेको छ । ती मध्य सबैभन्दा बुढो जनावर पनि हात्ती नै हो । यी जनावरहरु बालबालिकाहरुले धेरै मन पराउने जनावरअन्र्तगत पर्दछन् ।

सदरचिडियाखानाको क्षेत्रफल ६ हेक्टर (१२० रोप्नी) रहेको छ । हाल यस सदर चिडियाखानामा बाघ, भालु, हात्ति, सिंह, गैंडा जस्ता स्तनधारी, मुनाल, खोयाहाँस, अष्ट्रिच जस्ता पन्छी तथा विभिन्न घस्रने जीव र माछा रहेका छन् ।

नेपालमा लोप हुन लागेका सुचिकृत दुर्लभ वन्यजन्तुहरूमध्ये ११३ प्रजातिहरूलाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको छ । यस सदर चिडियाखानाले अन्य चिडियाखानाहरूसँग पशुपंछी आदान–प्रदान कार्यक्रम चलाएर वनमान्छे, अष्ट्रिच चरा, जलगैंडा र अन्य विभिन्न बाह्रय प्रजातिका पंछीहरू पनि राखेको छ ।

तस्बिर: राकेश बुयो

तस्बिर: राकेश बुयो

यस सदर चिडियाखानामा वर्षमा करिब दश लाख दर्शकहरू अवलोकनको लागि आउँछन् । यो चिडियाखाना पशुपंछी तथा वन्यजन्तु अवलोकन र मनोरञ्जन लिने ठाँउ मात्र नभई ऐतिहासिक र सांस्कृतिक महत्वको स्थल पनि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
1
+1
0
Published Date: 25 March 2024
Website | + posts




ताजा
जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट अझै ५७०० कैदीबन्दी फरार
जेनजी आन्दोलनमा घाइते ३० जना अझै देशका विभिन्न अस्पतालहरूमा उपचाररत
मंगलबार नेप्से परिसूचक ५८.५५ अंकले घट्यो
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने