म्याच फिक्सिङ प्रकरणः आदिल अन्सारीसहित ५ जनाले पाए सफाइ

म्याच फिक्सिङ प्रकरणः आदिल अन्सारीसहित ५ जनाले पाए सफाइ : Icon Khabar

काठमाडौँ, चैत १२ । म्याच फिक्सिङको आरोप लागेका नेपाली क्रिकेट टोलीका अलराउन्डर आदिल अन्सारीसहित पाँच जनाले सफाइ पाएका छन् ।

साेमबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश कमल प्रसाद पोखरेलको एकल इजलासले अभियोग दाबी नपुग्ने भन्दै अन्सारी सहित ५ जनालाई निर्दोष ठहर गरेको हाे । सफाइ पाउनेमा अन्सारीसहित नितेश साह गुप्ता, नविन कँडेल, रवी माझी र महबुब आलम छन् ।

गत वर्षको माघमा नेपाल टी–२० क्रिकेटमा स्पट फिक्सिङ गरेको आरोपमा अन्सारी, महबुब र नितेश गुप्ता पक्राउ परेका थिए । त्यसको तीन महिनापछि उनीहरु जनही ३ लाख धरौटीमा छुटेका थिए । आज भने अदालतले निर्दोष ठहर गरेको हो ।

Published Date: 25 March 2024


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक