म्याच फिक्सिङ प्रकरणः आदिल अन्सारीसहित ५ जनाले पाए सफाइ

म्याच फिक्सिङ प्रकरणः आदिल अन्सारीसहित ५ जनाले पाए सफाइ : Icon Khabar

काठमाडौँ, चैत १२ । म्याच फिक्सिङको आरोप लागेका नेपाली क्रिकेट टोलीका अलराउन्डर आदिल अन्सारीसहित पाँच जनाले सफाइ पाएका छन् ।

साेमबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश कमल प्रसाद पोखरेलको एकल इजलासले अभियोग दाबी नपुग्ने भन्दै अन्सारी सहित ५ जनालाई निर्दोष ठहर गरेको हाे । सफाइ पाउनेमा अन्सारीसहित नितेश साह गुप्ता, नविन कँडेल, रवी माझी र महबुब आलम छन् ।

गत वर्षको माघमा नेपाल टी–२० क्रिकेटमा स्पट फिक्सिङ गरेको आरोपमा अन्सारी, महबुब र नितेश गुप्ता पक्राउ परेका थिए । त्यसको तीन महिनापछि उनीहरु जनही ३ लाख धरौटीमा छुटेका थिए । आज भने अदालतले निर्दोष ठहर गरेको हो ।

Published Date: 25 March 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास