एमालेको महाधिवेशन उद्घाटन स्थल भक्तपुरको सल्लाघारीमा सार्ने तयारी

एमालेको महाधिवेशन उद्घाटन स्थल भक्तपुरको सल्लाघारीमा सार्ने तयारी : Icon Khabar

काठमाडौँ, मंसिर १० । नेकपा (एमाले) ले महाधिवेशन उद्घाटन स्थल सार्ने तयारी गरेको छ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार ११ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारी चौरमा गर्ने तयारी भइरहेको छ।

‘हामीले टुँडिखेलको खुलामञ्च, भृकुटीमण्डप र सल्लाघारीको विकल्पमा छलफल गरिरहेका थियौं,’ उनले भने, ‘आजबाट भक्तपुरको सल्लाघारीको पक्षमा पल्लाभारी भएको छ।’

एमालेको बुधबार महाधिवेशन सचिवालयको बैठक पनि बसेको थियो। त्यहाँ पनि महाधिवेशन स्थलबारे छलफल भएको थियो।

गौतमका अनुसार काठमाडौंमा सवारी चाप, मानिसहरूको आवतजावत आदिलाई ध्यानमा राखेर उद्घाटनस्थल परिवर्तन गर्न लागिएको हो।

उद्घाटन सल्लाघारी गरिए पनि बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमै हुनेछ। एमालेको ११ औं महाधिवेशन यही मंसिर २७, २८, २९ गते हुँदैछ।

एमालेको यो महाधिवेशन नेतृत्व चयनसँग जोडिएको छ। एमालेले गत भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन गरेर नीति तय गरेको छ। अध्यक्ष केपी शर्मा ओलीले त्यसमा धेरै छलफल नहुने बताएका छन्।

Published Date: 26 November 2025


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने