एमालेको महाधिवेशन उद्घाटन स्थल भक्तपुरको सल्लाघारीमा सार्ने तयारी

एमालेको महाधिवेशन उद्घाटन स्थल भक्तपुरको सल्लाघारीमा सार्ने तयारी : Icon Khabar

काठमाडौँ, मंसिर १० । नेकपा (एमाले) ले महाधिवेशन उद्घाटन स्थल सार्ने तयारी गरेको छ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार ११ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारी चौरमा गर्ने तयारी भइरहेको छ।

‘हामीले टुँडिखेलको खुलामञ्च, भृकुटीमण्डप र सल्लाघारीको विकल्पमा छलफल गरिरहेका थियौं,’ उनले भने, ‘आजबाट भक्तपुरको सल्लाघारीको पक्षमा पल्लाभारी भएको छ।’

एमालेको बुधबार महाधिवेशन सचिवालयको बैठक पनि बसेको थियो। त्यहाँ पनि महाधिवेशन स्थलबारे छलफल भएको थियो।

गौतमका अनुसार काठमाडौंमा सवारी चाप, मानिसहरूको आवतजावत आदिलाई ध्यानमा राखेर उद्घाटनस्थल परिवर्तन गर्न लागिएको हो।

उद्घाटन सल्लाघारी गरिए पनि बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमै हुनेछ। एमालेको ११ औं महाधिवेशन यही मंसिर २७, २८, २९ गते हुँदैछ।

एमालेको यो महाधिवेशन नेतृत्व चयनसँग जोडिएको छ। एमालेले गत भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन गरेर नीति तय गरेको छ। अध्यक्ष केपी शर्मा ओलीले त्यसमा धेरै छलफल नहुने बताएका छन्।

Published Date: 26 November 2025
ताजा
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर
देशभर मनसुनी वायुको प्रभाव: पहाडी भू-भागका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
आज बिहीबारको राशिफल
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय