आज बिहीबारको राशिफल

आज बिहीबारको राशिफल : Icon Khabar

काठमाडौं, मंसिर ११ । आज २०८२ मंसिर ११ गते बिहीबार, तद्अनुसार २७ नोभेम्बर २०२५ । आज मंसिर शुक्ल सप्तमी, ध्रुव गर धनिष्ठा, सूर्योदय बिहानः ०६ः३४ बजे, सूर्यास्त साँझः १७ः०८ बजे ।

आजको राशिफल

मेष राशि: मेष राशि भएकाहरुको टाढाको यात्राको योजना बन्न सक्छ । मनपर्ने भोजनको आनन्द प्राप्त हुनेछ । वरिष्ठ व्यक्तिहरूको मार्ग दर्शन पाइने छ । विद्यार्थी वर्गले सफलता हासिल गर्नेछन् । धन आर्जन सजिलो हुनेछ । शुभ रंग गुलावी हो भने शुभ अंक ९ रहेको छ ।

वृष राशि: वृष राशि भएकाहरुको प्रतिस्पर्धा बढ्ने छ । आवश्यक वस्तु समय मै नपाइने सम्भावना छ । बोलीमा नियन्त्रण राख्नु होला । कसैको व्यवहारबाट दुःख हुन सक्छ । जोखिमपूर्ण कार्य नगर्नु होला । शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ ।

मिथुन राशि: मिथुन राशि भएकाहरुको प्रयास सफल रहने छ । सामाजिक प्रतिष्ठा बढ्ने छ । आम्दानीका स्रोतहरूमा वृद्धि हुन सक्छ । व्यवसाय राम्रोसँग चल्ने छ । प्रसन्नता रहने छ । शुभ रंग बदामी हो भने शुभ अंक ३ रहेको छ ।

कर्कट राशि: कर्कट राशि शुभ समाचारहरू प्राप्त हुनेछन् । आत्म विश्वास बढ्ने छ । जोखिम उठाउने साहस आउने छ । दाजुभाइको सहयोग पाइने छ । परिवारसँग मनोरञ्जनको कार्यक्रम बन्न सक्छ । शुभ रंग पहेँलो हो भने शुभ अंक ९ रहेको छ ।

सिंह राशि: सिंह राशि भएकाहरुको आम्दानीमा वृद्धि हुनेछ । प्रसन्नतामा वृद्धि हुनेछ । पारिवारिक चिन्ता यथावत रहन सक्छ । रोजगारी प्राप्तिको प्रयास सफल हुनेछ । आकस्मिक लाभ मिल्न सक्छ । शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको छ ।

कन्या राशि: कन्या राशि भएकाहरुलाई सहयोग प्राप्त हुनेछ । अपेक्षित कार्यहरू समयमा पूरा हुनेछन् । आम्दानीमा वृद्धि हुन सक्छ । आकस्मिक खर्च बढ्न सक्छ । जोखिम नउठाउनु होला । शुभ रंग बदामी हो भने शुभ अंक १ रहेको छ ।

तुला राशि: तुला राशि भएकाहरुको व्यावसायिक यात्रा सफल हुनेछ । आम्दानीका नयाँ स्रोत भेटिन सक्छन् । व्यापार–व्यवसायमा लाभ हुनेछ । प्रेम–सम्बन्धमा अनुकूलता रहने छ । वरिष्ठ व्यक्तिहरूको सहयोग पाइने छ । शुभ रंग सुन्तला हो भने शुभ अंक २ रहेको छ ।

वृश्चिक राशि: वृश्चिक राशि भएकाहरुको सामाजिक प्रतिष्ठा बढ्ने छ । साझेदारहरूको सहयोग पाइने छ । समयको सही उपयोग गर्नुहोला । व्यावसायिक यात्रा सफल हुनेछ । नयाँ आर्थिक नीति बन्न सक्छ । शुभ रंग बैजनी हो भने शुभ अंक ४ रहेको छ ।

धनु राशि: धनु राशि भएकाहरुको अदालती कामहरू अनुकूल हुनेछन् । पूजा–पाठमा मन लाग्ने छ । तीर्थयात्राको योजना बन्न सक्छ । लाभका अवसर प्राप्त हुनेछन् । व्यवसाय राम्रो चल्ने छ । शुभ रंग गुलावी हो भने शुभ अंक ३ रहेको छ ।

मकर राशि: मकर राशि भएकाहरुले बहुमूल्य सामान सुरक्षित राख्नु होला । जोखिमपूर्ण कार्य नगर्नु होला । सवारीसाधन चलाउँदा सावधानी अपनाउनु होला । अपेक्षित कार्यहरूमा आकस्मिक बाधा आउन सक्छ । तनाव रहने छ । शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ ।

कुम्भ राशि: कुम्भ राशि भएकाहरुको व्यवसाय राम्रो चल्ने छ । धन प्राप्ति सहज हुनेछ । ऐश्वर्यमा ठूलो खर्च हुन सक्छ । हतार नगर्नु होला । प्रसन्नता रहने छ । शुभ रंग नीलो हो भने शुभ अंक २ रहेको छ ।

मीन राशि: मीन राशि भएकाहरुको जग्गा, घर, पसल अथवा फ्याक्ट्री किन्ने योजना बन्न सक्छ । रोजगारीमा वृद्धि हुनेछ । उन्नतिको मार्ग प्रशस्त हुनेछ । गलत विचार हावी हुन सक्छ । स्वास्थ्य कमजोर रहने छ । शुभ रंग केशरी हो भने शुभ अंक ७ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 November 2025
Website | + posts