युएसए ओपनमा एरिका र विप्लव

युएसए ओपनमा एरिका र विप्लव : Icon Khabar

काठमाडौँ, चैत १२ । एसियाडकी रजत पदक विजेता एरिका गुरुङ र विप्लभलाल श्रेष्ठले युएसए ओपन अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् ।

अमेरिकाको टेक्सासमा मंगलबार सुरु हुने युएसए ओपनमा एरिकाले महिला ६८ केजीमाथि तथा विप्लवले पुरुष ८४ केजीमाथि तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

एरिकाले गत असोजमा चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेकी थिइन् । एसियाली खेलकुदमा एरिकाले जितेको रजत कुनैपनि नेपाली कराते खेलाडीले जितेको पहिलो हो ।

एरिका इन्डोनेसियामा भएको १० औं विश्व सितोरियो कराते च्याम्पियनसिपकी स्वर्ण विजेता पनि हुन् । विप्लव १३ औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता हुन् ।
प्रशिक्षकमा दीपक श्रेष्ठ र कुशल श्रेष्ठ रहेका छन् ।

प्रशिक्षक दीपक श्रेष्ठ तथा एरिका र विप्लभ सोमबार नै त्यसतर्फ प्रस्थान गरेका छन् । कुशल श्रेष्ठ मंगलबार जाने बताइएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सोमबार टोलीलाई बिदाइ गरेका थिए ।

Published Date: 25 March 2024


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक