युएसए ओपनमा एरिका र विप्लव

युएसए ओपनमा एरिका र विप्लव : Icon Khabar

काठमाडौँ, चैत १२ । एसियाडकी रजत पदक विजेता एरिका गुरुङ र विप्लभलाल श्रेष्ठले युएसए ओपन अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् ।

अमेरिकाको टेक्सासमा मंगलबार सुरु हुने युएसए ओपनमा एरिकाले महिला ६८ केजीमाथि तथा विप्लवले पुरुष ८४ केजीमाथि तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

एरिकाले गत असोजमा चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेकी थिइन् । एसियाली खेलकुदमा एरिकाले जितेको रजत कुनैपनि नेपाली कराते खेलाडीले जितेको पहिलो हो ।

एरिका इन्डोनेसियामा भएको १० औं विश्व सितोरियो कराते च्याम्पियनसिपकी स्वर्ण विजेता पनि हुन् । विप्लव १३ औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता हुन् ।
प्रशिक्षकमा दीपक श्रेष्ठ र कुशल श्रेष्ठ रहेका छन् ।

प्रशिक्षक दीपक श्रेष्ठ तथा एरिका र विप्लभ सोमबार नै त्यसतर्फ प्रस्थान गरेका छन् । कुशल श्रेष्ठ मंगलबार जाने बताइएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सोमबार टोलीलाई बिदाइ गरेका थिए ।

Published Date: 25 March 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास