१० खेलाडीमा सिमित एभर्टनसँग युनाइटेड स्तब्ध

१० खेलाडीमा सिमित एभर्टनसँग युनाइटेड स्तब्ध : Icon Khabar

काठमाडौँ,  मंसिर ९ । म्यानचेस्टर युनाइटेड प्रिमियर लिगमा सोमवार १० खेलाडीमा सिमित एभर्टनसँग स्तब्ध भएको छ।

कियरन ड्युज्बरी होलको सानदार गोलको मद्दतले युनाइटेडलाई १-० ले हराउँदै एभर्टनले ऐतिहासिक जित हासिल गरेको हो । रुबेन अमोरिमले युनाइटेडको जिम्मेवारी सम्हालेको एक वर्ष पूरा भएको दिन टोलीले हार बेहोरेको छ ।

इद्रिसा गेइले १३औँ मिनेटमा आफ्नै टोलीका माइकल किनलाई हानेपछि रातो कार्ड खाँदा एभर्टनले १० खेलाडी मा सिमित भएको थियो।

एभर्टनले सन् २०१३ पछि ओल्ड ट्राफोर्डमा जित निकालेको यो पहिलो अवसर हो। २९ औं मिनेटमा डेविड मोयेसको टोलीले अग्रता लिएको थियो। होलले पेनाल्टी बक्स बाहिरबाट हानेको कडा प्रहार गोलकिपर सेने लामेन्सले छोए पनि गोल भएको थियो।

युनाइटेडले दोस्रो हाफमा खेल पूर्णरूपमा नियन्त्रणमा लिएर बराबरी गोलका लागि धेरै प्रयास गर्‍यो। तर एभर्टनका गोलकिपर जोर्डन पिकफोर्डले ब्रायन म्बेमो र जोशुआ जिर्कजेका प्रहार रोकेर टोली अग्रता जोगाएका थिए।

यो जितसँगै एभर्टन तालिकाको ११औँ स्थानमा उक्लिएको छ। समान अंकमा साथ युनाइटेड १०औँ स्थानमा छ । युनाइटेडले पाँचौँ स्थानमा उक्लिने मौका गुमाएको थियो।– एजेन्सी

Published Date: 25 November 2025
Website | + posts




















ताजा
भिन्तुनाको नाममा विकृति कि उत्सव? टौमढीमा पटाका पड्किएपछि प्रशासनमाथि प्रश्नैप्रश्न
उर्वरभूमि कृषि सहकारीद्वारा १५० सदस्यलाई १५ हजार काउलीका बेर्ना निःशुल्क वितरण
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
पहिला खासै चर्चा नहुने धनतेरस अहिले किन बन्यो नेपालीको रोजाइ ?


ट्रेन्डिङ
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
भिन्तुनाको नाममा विकृति कि उत्सव? टौमढीमा पटाका पड्किएपछि प्रशासनमाथि प्रश्नैप्रश्न
काठमाडौँ फिल्म फेस्टिभलमा कलाकार होइन, पहुँचको प्रदर्शन ! निम्तो पाउन ‘हैसियत’ चाहिने हो ?