बालुवाटारमा समाजवादी मोर्चाको बैठकः एमालेलाई पनि सहभागी गराउन पहल गरिने

बालुवाटारमा समाजवादी मोर्चाको बैठकः एमालेलाई पनि सहभागी गराउन पहल गरिने : Icon Khabar

काठमाडाैँ, चैत ९ ।  चार दल सम्मिलित समाजवादी मोर्चाको बैठकले एमाललेलाई मोर्चामा सहभागी गराउने विषयमा छलफल गरेको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले एमालेको पनि मोर्चामा सहभगिताको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफल गर्ने निर्णय गरेको छ।

माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा सम्मिलित मोर्चाको नेतृत्व हाल नेत्रविक्रम चन्दा विप्लवले लिएका छन् ।

उनले बिहीबार पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मासहित एमाले अध्यक्ष केपी ओली भेट्न बालकोट गएका थिए।

सो भेटमा ओली समाजवादी मोर्चाबारे सकारात्मक रहेको विप्लवले बैठकमा ब्रिफिङ गरेपछि प्रधानमन्त्री प्रचण्डले एमालेलाई सहभागी गराउन पहल थाल्ने निर्णय भएको  माओवादी उपाध्यक्ष पम्फा भुसालले जानकारी दिइन्।

Published Date: 22 March 2024
ताजा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
देशभर मनसुनी वायुको प्रभाव: आज धेरैजसो भू-भागमा वर्षाको सम्भावना
अनलाइन सट्टेबाजी र अवैध वित्तीय कारोबार हुने दुई लाखभन्दा बढी वेबसाइट र एप बन्द
आज शुक्रबारको राशिफल


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय