बालुवाटारमा समाजवादी मोर्चाको बैठकः एमालेलाई पनि सहभागी गराउन पहल गरिने

बालुवाटारमा समाजवादी मोर्चाको बैठकः एमालेलाई पनि सहभागी गराउन पहल गरिने : Icon Khabar

काठमाडाैँ, चैत ९ ।  चार दल सम्मिलित समाजवादी मोर्चाको बैठकले एमाललेलाई मोर्चामा सहभागी गराउने विषयमा छलफल गरेको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले एमालेको पनि मोर्चामा सहभगिताको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफल गर्ने निर्णय गरेको छ।

माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा सम्मिलित मोर्चाको नेतृत्व हाल नेत्रविक्रम चन्दा विप्लवले लिएका छन् ।

उनले बिहीबार पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मासहित एमाले अध्यक्ष केपी ओली भेट्न बालकोट गएका थिए।

सो भेटमा ओली समाजवादी मोर्चाबारे सकारात्मक रहेको विप्लवले बैठकमा ब्रिफिङ गरेपछि प्रधानमन्त्री प्रचण्डले एमालेलाई सहभागी गराउन पहल थाल्ने निर्णय भएको  माओवादी उपाध्यक्ष पम्फा भुसालले जानकारी दिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 March 2024
Website | + posts