धरानकी युवती सुमना श्रेष्ठको हत्या आरोपमा ६ जना पक्राउ, आज सार्वजनिक गरिंदै

धरानकी युवती सुमना श्रेष्ठको हत्या आरोपमा ६ जना पक्राउ, आज सार्वजनिक गरिंदै : Icon Khabar

सुनसरी, चैत ९ । सुनसरी धरानकी युवती सुमना श्रेष्ठको हत्या आरोपमा प्रहरीले अहिलेसम्म ६ जनालाई पक्राउ गरेको छ ।

बुधबार धरान–१८ स्थित खोल्सीमा धरान–१६ की २१ वर्षीया सुमना श्रेष्ठको शव घाँटी रेटिएको अवस्थामा भेटिएको थियो । शव फेला परेसँगै प्रारम्भिक अनुसन्धानअनुसार सुमनाको हत्या भएको निष्कर्ष प्रहरीले निकालेको थियो । महेन्द्र श्रेष्ठकी छोरी धरानकै एक कलेजमा कक्षा १२ मा पढ्थिन् ।

सुमनाको हिजो (बिहीबार) दाहसंस्कार गरिएको छ । हत्यामा संलग्नको खोजी गर्ने क्रममा प्रहरीले बिहीबार दिउँसो ४ बजेतिर धनकुटाको मूलघाटबाट एक जना र अन्यलाई धरानबाटै पक्राउ गरेको हो । पक्राउ पर्नेमा धरान रेल्वे लाइनमा बस्दै आएका सबिन भुजेलसहित छ जना छन् । पक्राउ गरिएका भुजेलले आफूलाई धोका दिएका कारण हत्या गर्नुपरेको बताएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार भुजेल र अन्य पाँच जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ ।

घटनामा मुख्य संलग्नता सबिनको रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एक प्रहरी अधिकृतले जानकारी दिएका । अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘अन्य पाँच जनामाथि पनि शंका लागेर नियन्त्रणमा लिएका हौँ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ । अनुसन्धानबाट बाँकी कुरा पत्ता लाग्छ ।’

प्रहरीका अनुसार पक्राउ परेकाहरूमाथि आज जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइनेछ । अनुसन्धानपश्चात आज (शुक्रबार) पत्रकार सम्मेलन गरी घटनामा संलग्नलाई सार्वजनिक गर्ने तयारी प्रहरीको छ । ‘आज म्याद थप गरेपछि घटनामा संलग्नलाई सार्वजनिक गर्छौँ,’ प्रहरी अधिकृतले भने, ‘घटनाको कारणबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ ।’

घटनामा क–कसको संलग्नता रहेको छ भन्नेबारे अनुसन्धानले देखाउने उनी बताउँछन् । प्रहरीले यसअघि घटनामा संलग्नको पहिचानका लागि तालिम प्राप्त कुकुर समेत प्रयोग गरेको थियो । बुधबार दिउँसो साढे २ बजेतिर स्थानीय एक महिलाले बाख्रा चराउने क्रममा युवतीको शव देखेकी थिइन् । खोल्सामा घोप्टो परेको अवस्थामा शव भेटिएको थियो । शव भन्दा केही मिटर दूरीमा सानो आकारको खुकुरी पनि प्रहरीले फेला परेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 March 2024
Website | + posts




ताजा
जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट अझै ५७०० कैदीबन्दी फरार
जेनजी आन्दोलनमा घाइते ३० जना अझै देशका विभिन्न अस्पतालहरूमा उपचाररत
मंगलबार नेप्से परिसूचक ५८.५५ अंकले घट्यो
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने