रास्वपाका चार सांसदलाई निर्वाचन आयोगले तोकेको जरिवाना बदर

रास्वपाका चार सांसदलाई निर्वाचन आयोगले तोकेको जरिवाना बदर : Icon Khabar

काठमाडौँ, चैत ८ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का चार सांसदलाई निर्वाचन आयोगले तोकेको जरिवाना बदर भएको छ । निर्वाचन आयोगले रास्वपा सांसद विराजभक्त श्रेष्ठ, शिशिर खनाल, सोबिता गौतम र गणेश पराजुलीले निर्वाचनको खर्च विवरण सार्वजनिक गरेको जानकारी नगराएको भन्दै १५ हजार जरिवाना तोकेको थियो ।

उच्च अदालत पाटनले बुधबार आयोगको उक्त निर्णय खारेज गरेको हो । आयोगको निर्णयविरुद्ध १४ साउनमा ४ सांसदले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । साउन ९ गते बसेको आयोगको बैठकले प्रतिनिधि सभातर्फका एक हजार ३७ र प्रदेश सभा तर्फका १,३९८ जना गरी २,४३५ जना उम्मेदवारलाई जनही १५ हजार जरिवाना गर्ने निर्णय गरेको थियो ।

चुनावी खर्च विवरण सार्वजनिक नगरेको भन्दै आयोगले जरिवाना तोकेको थियो । निर्वाचन आयोगले कारबाही गर्नुपूर्व सफाइको मौका दिनुपर्ने, स्पष्टीकरण चित्तबुझ्दो नभएको अवस्थामा मात्र कारबाही गर्नुपर्ने उनीहरूले रिटमा उल्लेख गरेका थिए । यस रिटमा सांसद गौतम आफैंले पनि बहस गरेकी थिइन् । उनी कानुन व्यवसायी पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 March 2024
Website | + posts
ताजा
अमेरिकामा ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा रद्द
उपसभामुख हटाउन दुई तिहाइ पुर्‍याउने कसरत सुरु
मौसम पूर्वानुमान : कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू