रास्वपाका चार सांसदलाई निर्वाचन आयोगले तोकेको जरिवाना बदर

रास्वपाका चार सांसदलाई निर्वाचन आयोगले तोकेको जरिवाना बदर : Icon Khabar

काठमाडौँ, चैत ८ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का चार सांसदलाई निर्वाचन आयोगले तोकेको जरिवाना बदर भएको छ । निर्वाचन आयोगले रास्वपा सांसद विराजभक्त श्रेष्ठ, शिशिर खनाल, सोबिता गौतम र गणेश पराजुलीले निर्वाचनको खर्च विवरण सार्वजनिक गरेको जानकारी नगराएको भन्दै १५ हजार जरिवाना तोकेको थियो ।

उच्च अदालत पाटनले बुधबार आयोगको उक्त निर्णय खारेज गरेको हो । आयोगको निर्णयविरुद्ध १४ साउनमा ४ सांसदले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । साउन ९ गते बसेको आयोगको बैठकले प्रतिनिधि सभातर्फका एक हजार ३७ र प्रदेश सभा तर्फका १,३९८ जना गरी २,४३५ जना उम्मेदवारलाई जनही १५ हजार जरिवाना गर्ने निर्णय गरेको थियो ।

चुनावी खर्च विवरण सार्वजनिक नगरेको भन्दै आयोगले जरिवाना तोकेको थियो । निर्वाचन आयोगले कारबाही गर्नुपूर्व सफाइको मौका दिनुपर्ने, स्पष्टीकरण चित्तबुझ्दो नभएको अवस्थामा मात्र कारबाही गर्नुपर्ने उनीहरूले रिटमा उल्लेख गरेका थिए । यस रिटमा सांसद गौतम आफैंले पनि बहस गरेकी थिइन् । उनी कानुन व्यवसायी पनि हुन् ।

Published Date: 21 March 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास