सीआइबीले बाँसबारी जग्गा प्रकरणमा बसन्त चौधरीसँग पनि लियो बयान

सीआइबीले बाँसबारी जग्गा प्रकरणमा बसन्त चौधरीसँग पनि लियो बयान : Icon Khabar

काठमाडौँ, चैत ८ । बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा कीर्ते प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले बसन्त चौधरीसँग पनि बयान लिएको छ । सीआइबीले चौधरीसँग बुधबार नै बयान लिएको स्रोतले जानकारी दियो । बसन्त चौधरीसँगको बयानपछि आज बिहान सीआइबीले कांग्रेस सांसद समेत रहेका विनोद चौधरीसँग बयान लिएको छ । उनी बिहान ७ बजे बयानका लागि सीआइबी कार्यालय पुगेका थिए ।

यसअघि माघ १८ गते बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा अरूण चौधरीसहित तीन जनालाई पक्राउ गरेको थियो । बाँसबारी जग्गा प्रकरणमा तीन महिना अनुसन्धान गरेपछि सीआइबीले त्यहाँको १० रोपनी जग्गा कीर्ते गरी हडपेको भन्दै अरूण चौधरीसहित च्याम्पियन फुटवेयर प्रालि (हाल चाँदवाग रेसिडेन्सी प्रालि) बाँसबारीका अध्यक्ष अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई पक्राउ गरेको थियो ।

कारखानालाई प्राप्त भएको जग्गामध्ये १० रोपनी जग्गा लिएर त्यहाँ सिजी चाँदवाग रेजिडेन्सी बनाइएको थियो । उनीहरूले १० रोपनी मात्रै नभएर त्यहाँ रहेको १८ रोपनी जग्गा नै हडप्न खोजेको सीआइबीले बताएको थियो । पक्राउ परेकाहरूलाई काठमाडौं जिल्ला अदालतले सुरूमा चार दिन हिरासतमा राख्न अनुमति दिएको थियो । गत माघ २२ गते म्याद थपका लागि अदालतमा पेस गर्दा न्यायाधीश यज्ञप्रसाद आचार्यले दुई दिनमा अनुसन्धान सके पेस गर्नु, नसके हाजिर जमानीमा छाड्न आदेश दिएका थिए । आदेशअनुसार माघ २४ गते उनीहरू सिआइबी हिरासतबाट मुक्त भएका थिए ।

त्यसपछि मालपोत कार्यालय डिल्लीबजारले १० रोपनी जग्गा फिर्ता गर्न गत माघ २५ गते च्याम्पियन फुटवेयर प्रालि (हाल चाँदवाग रेसिडेन्सी प्रालि) बाँसबारीको नाममा पत्र काटेको थियो । उक्त पत्रको विरूद्धमा सञ्जयले रिट दायर गरेका थिए । फागुन १८ मा सर्वोच्च अदालतले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा फिर्ता गर्न मालपोत कार्यालय डिल्लीबजारले गरेको निर्णय फाइल झिकाउन आदेश दिएको छ । मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।

Published Date: 21 March 2024
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय