सीआइबीले बाँसबारी जग्गा प्रकरणमा बसन्त चौधरीसँग पनि लियो बयान

सीआइबीले बाँसबारी जग्गा प्रकरणमा बसन्त चौधरीसँग पनि लियो बयान : Icon Khabar

काठमाडौँ, चैत ८ । बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा कीर्ते प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले बसन्त चौधरीसँग पनि बयान लिएको छ । सीआइबीले चौधरीसँग बुधबार नै बयान लिएको स्रोतले जानकारी दियो । बसन्त चौधरीसँगको बयानपछि आज बिहान सीआइबीले कांग्रेस सांसद समेत रहेका विनोद चौधरीसँग बयान लिएको छ । उनी बिहान ७ बजे बयानका लागि सीआइबी कार्यालय पुगेका थिए ।

यसअघि माघ १८ गते बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा अरूण चौधरीसहित तीन जनालाई पक्राउ गरेको थियो । बाँसबारी जग्गा प्रकरणमा तीन महिना अनुसन्धान गरेपछि सीआइबीले त्यहाँको १० रोपनी जग्गा कीर्ते गरी हडपेको भन्दै अरूण चौधरीसहित च्याम्पियन फुटवेयर प्रालि (हाल चाँदवाग रेसिडेन्सी प्रालि) बाँसबारीका अध्यक्ष अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई पक्राउ गरेको थियो ।

कारखानालाई प्राप्त भएको जग्गामध्ये १० रोपनी जग्गा लिएर त्यहाँ सिजी चाँदवाग रेजिडेन्सी बनाइएको थियो । उनीहरूले १० रोपनी मात्रै नभएर त्यहाँ रहेको १८ रोपनी जग्गा नै हडप्न खोजेको सीआइबीले बताएको थियो । पक्राउ परेकाहरूलाई काठमाडौं जिल्ला अदालतले सुरूमा चार दिन हिरासतमा राख्न अनुमति दिएको थियो । गत माघ २२ गते म्याद थपका लागि अदालतमा पेस गर्दा न्यायाधीश यज्ञप्रसाद आचार्यले दुई दिनमा अनुसन्धान सके पेस गर्नु, नसके हाजिर जमानीमा छाड्न आदेश दिएका थिए । आदेशअनुसार माघ २४ गते उनीहरू सिआइबी हिरासतबाट मुक्त भएका थिए ।

त्यसपछि मालपोत कार्यालय डिल्लीबजारले १० रोपनी जग्गा फिर्ता गर्न गत माघ २५ गते च्याम्पियन फुटवेयर प्रालि (हाल चाँदवाग रेसिडेन्सी प्रालि) बाँसबारीको नाममा पत्र काटेको थियो । उक्त पत्रको विरूद्धमा सञ्जयले रिट दायर गरेका थिए । फागुन १८ मा सर्वोच्च अदालतले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा फिर्ता गर्न मालपोत कार्यालय डिल्लीबजारले गरेको निर्णय फाइल झिकाउन आदेश दिएको छ । मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 March 2024
Website | + posts
ताजा
आमायाङ्ग्री पदयात्रा: हिमालको दृश्यसँगै प्रकृतिको अनुपम सौन्दर्य (फोटो फिचर)
शिक्षण अस्पतालले आगामी माघ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रमको उपचार सेवा बन्द गर्ने
बलिउड अभिनेत्री सन्नी लियोनले गरिन् नेपालको प्रशंसा
सोमबार सुनको मूल्य प्रतितोला ४ हजार १ सय रुपैयाँले बढ्यो


ट्रेन्डिङ
भुलाँचा चोक हटाउने तयारीको विरोधमा स्थानीय आन्दोलित
भक्तपुरमा अपेनको तेस्रो नगर अधिवेशन सम्पन्न, अध्यक्षमा किरण गोसाईं
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
भक्तपूर नगरव्यापी विद्यालयस्तरीय खेलकूद प्रतियोगितामा भक्तपूर मोडर्न स्कूलको उत्कृष्ट प्रदर्शन