बिहीबार सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

बिहीबार सुनको मूल्यमा फेरि नयाँ रेकर्ड : Icon Khabar

काठमाडौँ, चैत ८ । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेकाे छ। बुधबार स्थिर रहेकाे सुनकाे मूल्यले बिहीबार हालसम्मकै उच्च बिन्दुमा पुगेर रेकर्ड कायम गरेकाे हाे।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार १ लाख २५ हजार २ सय रूपैयाँमा काराेवार भएकाे छापावाल सुन आज २६ सय रूपैयाँले बढेर १ लाख २७ हजार ८ सय मूल्यमा काराेवार भइरहेकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २७ हजार २ सय रूपैयाँ तोकिएको छ।

त्यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेकाे छ। बुधबार प्रतितोला १ हजार ५ सय २० रूपैयाँमा काराेवार भएकाे चाँदी आज ३५ रूपैयाँले बढेर १ हजार ५ सय ५५ रूपैयाँमा काराेवार भइरहेकाे छ।

Published Date: 21 March 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास