महिला फुटबल टोलीलाई १० लाख हस्तान्तरण

महिला फुटबल टोलीलाई १० लाख हस्तान्तरण : Icon Khabar

काठमाडौं, चैत ७ । साउदी अरबमा डेढ दशकदेखि बस्दै आएका बुटवल उपमहानगरपालिका ११ का यम बहादुर गुरुङ (यम तमु) ले महिला राष्ट्रिय फुटबल टोलीलाई पठाएको १० लाख रुपैयाँ बुधबार खेलाडीलाई वितरण गरिएो छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को महिला फुटबल संघले कार्यक्रमको आयोजना गर्दै यम तमुबाट रकमसहित खेलाडीलाई सम्मान गरिएको थियो ।

साउदीमा फागुन १६ गते भएको वाफ च्याम्पियनसिपको फाइनलमा हेर्न पुगेका तमुले खेलाडीको उच्च प्रदर्शनबाट आफू प्रभावित भएको जनाउँदै महिला टोलीलाई एक मुष्ट १० लाख रुपैयाँ रकम दिने घोषणा गरेका थिए ।

उनले एन्फा केन्द्रिय सदस्य समेत रहेकी महिला संघकी अध्यक्ष एवंम राष्ट्रिय खेलकुद परिषद्की सदस्य पेमा डोल्मा लामालाई रकम पठाएका थिए ।

लामा र तमुकी श्रीमती उमा गुरुङले खेलाडीलाई रकम हस्तान्तरण गरेका थिए । २३ खेलाडीले जनही ४३ हजार ४ सय ७८ रुपैयाँ प्राप्त गरे । त्यस्तै गुरुङले टोलीका प्रशिक्षक, व्यवस्थापक र अन्य अफिसियललाई जनही २० हजार रुपैयाँ प्रदान गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 March 2024
Website | + posts
ताजा
काठमाडौंको गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गर्यो, सचेत रहन आग्रह
साइकल कनेक्ट भक्तपुर र जुजु बाइक्सबीच विशेष सहकार्य सम्झौता सम्पन्न
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आज डेंगु रोग नियन्त्रणको लागि मेगा अभियान सञ्चालन गरिँदै


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू