महिला फुटबल टोलीलाई १० लाख हस्तान्तरण

महिला फुटबल टोलीलाई १० लाख हस्तान्तरण : Icon Khabar

काठमाडौं, चैत ७ । साउदी अरबमा डेढ दशकदेखि बस्दै आएका बुटवल उपमहानगरपालिका ११ का यम बहादुर गुरुङ (यम तमु) ले महिला राष्ट्रिय फुटबल टोलीलाई पठाएको १० लाख रुपैयाँ बुधबार खेलाडीलाई वितरण गरिएो छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को महिला फुटबल संघले कार्यक्रमको आयोजना गर्दै यम तमुबाट रकमसहित खेलाडीलाई सम्मान गरिएको थियो ।

साउदीमा फागुन १६ गते भएको वाफ च्याम्पियनसिपको फाइनलमा हेर्न पुगेका तमुले खेलाडीको उच्च प्रदर्शनबाट आफू प्रभावित भएको जनाउँदै महिला टोलीलाई एक मुष्ट १० लाख रुपैयाँ रकम दिने घोषणा गरेका थिए ।

उनले एन्फा केन्द्रिय सदस्य समेत रहेकी महिला संघकी अध्यक्ष एवंम राष्ट्रिय खेलकुद परिषद्की सदस्य पेमा डोल्मा लामालाई रकम पठाएका थिए ।

लामा र तमुकी श्रीमती उमा गुरुङले खेलाडीलाई रकम हस्तान्तरण गरेका थिए । २३ खेलाडीले जनही ४३ हजार ४ सय ७८ रुपैयाँ प्राप्त गरे । त्यस्तै गुरुङले टोलीका प्रशिक्षक, व्यवस्थापक र अन्य अफिसियललाई जनही २० हजार रुपैयाँ प्रदान गरेकी थिइन् ।

Published Date: 20 March 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास