काठमाडौं, चैत ७ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सत्तारुढ गठबन्धनले सार्वजनिक गरेको न्युनतम नीतिगत प्राथमिकता र साझा संकल्प नामक न्युनतम साझा कार्यक्रम कागजको खोस्टाजस्तै भएको टिप्पणी गरेका छन् ।
सत्तारुढ पाँचदलीय गठबन्धनले सरकार सञ्चालनका लागि मंगलवार सार्वजनिक गरेको सो कार्यक्रममा सरकारी जग्गा व्यक्तिको नाममा गएको खारेज गर्ने, कोशी, गण्डक, महाकाली, माथिल्लो कर्णाली लगायत देशघाती सम्झौता खारेज गर्ने उल्लेख नभएको जिकिर गर्दै त्यसको कुनै अर्थ नभएको टिप्पणी गरेका हुन् ।
प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा आज (बुधबार) भाग लिँदै सांसद सुवालले गरिवी हटाउने योजना बनाउँदा चीनबाट सिक्न पनि सरकारलाई सुझाव दिए । उनले प्रांगारिक खेतीबारे क्युवाबाट जानकारी लिन पनि सरकारलाई सचेत गराए ।
सांसद सुवालले भने, ‘सरकारी जग्गा व्यक्तिको नाममा गएको खारेज गर्ने, कोशी, गण्डक, महकाली, माथिल्लो कर्णालीलगायत देशघाती सम्झौता खारेज गर्ने उल्लेख नभएका हुँदा यो साझा कार्यक्रम कागजको खोस्टा जस्तै हो । प्राङ्गारिक खेतीबारे क्युवाबाट सिक्न सकिन्छ । गरिवी हटाउन मित्र देश चीनको नमुना उपयुक्त हुने सुझाव यहाँ दिन चाहन्छु । सभामुखले सांसदहरुको अभिभावकीय भूमिका निर्वाह गर्न जरुरी छ ।’ त्यस अवसरमा सांसद सुवालले सभामुख देवराज घिमिरेलाई सांसदहरूको अभिभावकीय भूमिका निर्वाह गर्न पनि आग्रह गरेका छन् ।
Published Date: 20 March 2024-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news