महराको राजीनामा कि निलम्बन माओवादी ‘अनिर्णित’, एक पटक उनैलाई भेटेर निर्णय लिने

महराको राजीनामा कि निलम्बन माओवादी ‘अनिर्णित’, एक पटक उनैलाई भेटेर निर्णय लिने : Icon Khabar

काठमाडौं, चैत ६ । सत्तारूढ नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बिना निष्ककर्ष सकिएको छ । आज (मंगलबार) बिहान बालुवाटारमा बसेको बैठकमा उपाध्यक्ष कृष्णबहादुर महरा सुन प्रकरणमा पक्राउ परेकोलगायत विषयमाथि छलफल भएको छ ।

बैठकमा केही पदाधिकारीहरूले महरालाई उपाध्यक्ष पदबाट पार्टीले निलम्बन गर्नुपर्ने विषय राखेका थिए । तर बैठक बिना निष्कर्ष सकिएको छ । उपाध्यक्ष महरा र समसामयिक राजनीतिक घटनाक्रमबारे बैठकमा छलफल भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन् ।

‘उपाध्यक्ष महराका बारेमा हरेक पाटा र पक्षमा हामीले गम्भीरतापूर्वक छलफल गर्‍यौं । छलफल जारी छ । छिटोभन्दा छिटो निष्कर्षमा पुग्छ,’ सापकोटाले भने, ‘आज सदनमा प्रधानमन्त्री ज्यूले जबाफ दिनुपर्ने कारणले गर्दा बैठक सकियो । छलफल गरी छिट्टै निष्कर्षमा पुग्छौं ।’ माओवादी केन्द्रले सुन तस्करी प्रकरणमा पक्राउ परेका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरालाई निलम्बन गर्ने वा राजीनामा गराउनेबारे उनैसँग सल्लाह गर्ने भएको छ ।

बैठकले महरालाई भेटेरै उनीसँग राजीनामाबारे छलफल गर्ने निर्णय गरेको हो । दिउँसो महरालाई अस्पतालकै हिरासतमा भेटेर नेताहरुले कुरा गर्ने समझदारी भएको एक पदाधिकारीले बताए । उनले भने–अब आरोपको बारेमा न्यायिक प्रक्रियाबाट किनारा नलागेसम्म उहाँले राजीनामा गर्ने राम्रो विकल्प हो भन्ने कुरा आएको छ । दिउँसो महासचिव वा अन्य नेताले भेटेर कुरा गर्ने अनि राजीनामा दिए स्वीकृति हुन्छ । नत्र निलम्बन गर्नुपर्छ भन्ने कुरा आएको छ ।

बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समसामयिक राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेको उनले जानकारी दिए । महरालाई प्रहरीले सोमबार पक्राउ गरेको थियो । सुन तस्करी जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 March 2024
Website | + posts
ताजा
आमायाङ्ग्री पदयात्रा: हिमालको दृश्यसँगै प्रकृतिको अनुपम सौन्दर्य (फोटो फिचर)
शिक्षण अस्पतालले आगामी माघ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रमको उपचार सेवा बन्द गर्ने
बलिउड अभिनेत्री सन्नी लियोनले गरिन् नेपालको प्रशंसा
सोमबार सुनको मूल्य प्रतितोला ४ हजार १ सय रुपैयाँले बढ्यो


ट्रेन्डिङ
भुलाँचा चोक हटाउने तयारीको विरोधमा स्थानीय आन्दोलित
भक्तपुरमा अपेनको तेस्रो नगर अधिवेशन सम्पन्न, अध्यक्षमा किरण गोसाईं
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
भक्तपूर नगरव्यापी विद्यालयस्तरीय खेलकूद प्रतियोगितामा भक्तपूर मोडर्न स्कूलको उत्कृष्ट प्रदर्शन