महराको राजीनामा कि निलम्बन माओवादी ‘अनिर्णित’, एक पटक उनैलाई भेटेर निर्णय लिने

महराको राजीनामा कि निलम्बन माओवादी ‘अनिर्णित’, एक पटक उनैलाई भेटेर निर्णय लिने : Icon Khabar

काठमाडौं, चैत ६ । सत्तारूढ नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बिना निष्ककर्ष सकिएको छ । आज (मंगलबार) बिहान बालुवाटारमा बसेको बैठकमा उपाध्यक्ष कृष्णबहादुर महरा सुन प्रकरणमा पक्राउ परेकोलगायत विषयमाथि छलफल भएको छ ।

बैठकमा केही पदाधिकारीहरूले महरालाई उपाध्यक्ष पदबाट पार्टीले निलम्बन गर्नुपर्ने विषय राखेका थिए । तर बैठक बिना निष्कर्ष सकिएको छ । उपाध्यक्ष महरा र समसामयिक राजनीतिक घटनाक्रमबारे बैठकमा छलफल भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन् ।

‘उपाध्यक्ष महराका बारेमा हरेक पाटा र पक्षमा हामीले गम्भीरतापूर्वक छलफल गर्‍यौं । छलफल जारी छ । छिटोभन्दा छिटो निष्कर्षमा पुग्छ,’ सापकोटाले भने, ‘आज सदनमा प्रधानमन्त्री ज्यूले जबाफ दिनुपर्ने कारणले गर्दा बैठक सकियो । छलफल गरी छिट्टै निष्कर्षमा पुग्छौं ।’ माओवादी केन्द्रले सुन तस्करी प्रकरणमा पक्राउ परेका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरालाई निलम्बन गर्ने वा राजीनामा गराउनेबारे उनैसँग सल्लाह गर्ने भएको छ ।

बैठकले महरालाई भेटेरै उनीसँग राजीनामाबारे छलफल गर्ने निर्णय गरेको हो । दिउँसो महरालाई अस्पतालकै हिरासतमा भेटेर नेताहरुले कुरा गर्ने समझदारी भएको एक पदाधिकारीले बताए । उनले भने–अब आरोपको बारेमा न्यायिक प्रक्रियाबाट किनारा नलागेसम्म उहाँले राजीनामा गर्ने राम्रो विकल्प हो भन्ने कुरा आएको छ । दिउँसो महासचिव वा अन्य नेताले भेटेर कुरा गर्ने अनि राजीनामा दिए स्वीकृति हुन्छ । नत्र निलम्बन गर्नुपर्छ भन्ने कुरा आएको छ ।

बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समसामयिक राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेको उनले जानकारी दिए । महरालाई प्रहरीले सोमबार पक्राउ गरेको थियो । सुन तस्करी जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो ।
Published Date: 19 March 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास