सुन तस्करीसम्बन्धि जाँचुबझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

सुन तस्करीसम्बन्धि जाँचुबझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय : Icon Khabar

काठमाडौँ, चैत २ । सरकारले सुनको अवैध पैठारी नियन्त्रणसम्बन्धी जाँचुबझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सो सुन तस्करीबारे छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदनलाई जस्ताको त्यस्तै कार्यान्वयनमा लैजाने निर्णय गरेको हो ।

आयोगले बिहीबार मात्रै सो प्रकरणमा जाँचबुझ गरी गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो । गृहमन्त्री लामिछानले शुक्रबार विहानै सो प्रतिवेदन प्रधानमन्त्री दाहाललाई बुझाएका थिए ।

एक मन्त्रीका अनुसार शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले बनाएको प्रतिवेदनलाई जस्ताको तस्तै कार्यान्वयनमा लैजाने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 March 2024
Website | + posts