इजरायलमा मारिएका नेपालीहरूका परिवारलाई मासिक भत्ता दिने

इजरायलमा मारिएका नेपालीहरूका परिवारलाई मासिक भत्ता दिने : Icon Khabar

काठमाडौँ, चैत २ । इजरायलमा मारिएका नेपालीहरूका परिवारलाई इजरायल सरकारले मासिक रूपमा भत्ता उपलब्ध गराउने भएको छ । गत असोज २० गते गाजास्थित हमास समूहको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको थियो ।

लर्न एन्ड अर्न कार्यक्रमका लागि इजरायल पुगेका विद्यार्थीहरूमाथि आक्रमण गर्दा १० जनाको मृत्यु भएको थियो भने ४ जना घाइते भएका थिए । उक्त आक्रमणपछि कञ्चनपुरका विपिन जोशी अझै बेपत्ता छन् ।

उक्त आक्रमणमा मारिएका १० जनाको परिवारलाई इजरायलले क्षतिपूर्ति स्वरूप मासिक भत्ता दिने भएको हो । नेपालका लागि इजरायली राजदूत हनान गोदेरले क्षतिपूर्ति बापत मासिक भत्ता उपलब्ध गराउन लागेको जानकारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई गराएका हुन् ।

नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालसँगको भेटका क्रममा राजदूत गोदरेलले गाजा क्षेत्रमा जारी द्वन्द्वको क्रममा मृत्यु भएका नेपाली श्रमिकहरूको परिवारलाई क्षतिपूर्ति बापत मासिक रूपमा भत्ता रकम उपलब्ध गराउने इजरायल सरकारले निर्णय गरेको बताएका हुन् ।

उक्त निर्णयबारे राजदूतले मन्त्री अर्याललाई जानकारी दिएका हुन् । भेटका अवसरमा द्विपक्षीय श्रम सम्बन्धका विविध पक्षका बारेमा समेत राजदूत गोदेरलले मन्त्री अर्याललाई जानकारी गराएका थिए । जी टु जी प्रक्रियाबाट केयर गिभरका रूपमा नेपाली श्रमिकहरू इजरायल गइरहेकोमा भविष्यमा निर्माण, पर्यटन, कृषि लगायतका अन्य विभिन्न क्षेत्रमा समेत नेपाली श्रमिकहरू पठाउन द्विपक्षीय छलफल र समन्वयलाई प्रभावकारी बनाउँदै लैजाने विषयमा समेत कुराकानी भएको थियो ।

इजरायलमा नेपाली श्रमिकहरूलाई पठाउने विद्यमान प्रकियालाई छिटो छरितो र सरलीकरण गर्दै लगिने मन्त्री अर्यालले बताएका थिए । हाल इजरायलमा जी–टु–जीमार्फत मात्रै नेपाली श्रमिकहरू केयरगिभरको रूपमा इजरायल जाने गरेका छन् । भर्खरै म्यानपावर व्यवसायी मार्फत समेत कामदार पठाउने प्रक्रिया अगाडि बढेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 March 2024
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू