रौतहटमा मनि ट्रान्सफरका सञ्चालकमाथि गोली प्रहार

रौतहटमा मनि ट्रान्सफरका सञ्चालकमाथि गोली प्रहार : Icon Khabar

रौतहट, चैत २ । रौतहटमा मनि ट्रान्फसरका सञ्चालकमाथि गोली प्रहार भएको छ । शिव मनि ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश साहमाथि गोली हानिएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डीएसपी एजिला गिरीले गोली चलाउने समूहलाई समेत पक्राउ गरिएको बताइन् । ‘हामीले गोली चलाउने समूहका तीन जनालाई पक्राउ समेत गरेका छौं । थप अनुसन्धान हुँदैछ’ गिरीले भनिन् । पक्राउ परेकाहरुको साथबाट हतियार समेत बरामद भएको बताइएको छ । घाइतेलाई भने उपचारका लागि वीरगञ्ज पठाइएको छ । लुटेराको समूहले लुटपाट गर्ने उद्देश्य गोली चलाएको पाइएको उनले बताइन् ।

घटनाबारे विस्तृत अनुसन्धान बाँकी नै रहेका अहिले नै सबै विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। यसअघि संसदमा रौतहटका सांसद किरण कुमार साहले गोली चलेकोबारे सभामुखको ध्यानाकर्षण गराएका थिए ।

Published Date: 15 March 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास