साम्राज्ञी र निश्चलको ‘लण्डन टू पेरिस’ जेठ २५ मा

साम्राज्ञी र निश्चलको ‘लण्डन टू पेरिस’ जेठ २५ मा : Icon Khabar

काठमाडौं, चैत २ । फिल्म ‘लण्डन टू पेरिस’को प्रदर्शन मिति तय गरिएको छ । लामो समयदेखि छायांकन नसकिएर ओझेलमा परेको यो फिल्मको अन्ततः रिलिज मिति पक्का भएको हो ।

यो फिल्मको सार्वजनिक फस्टलुकमा नायक साम्राज्ञी राज्यलक्ष्मी शाह र नव नायक निश्चल खड्कालाई रोमान्टिक अवतारमा देख्न सकिन्छ । यो फिल्ममा कविर खड्का, गरिमा शर्मा, रुष्मा थापा, मनिष श्रेष्ठ, मनिष गान्धीको मुख्य भूमिका छ ।

एबी इन्टरनेशनलको प्रस्तुतिमा तयार भएको यो फिल्ममा प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद छ । अमित बस्नेतले निर्माण गरेको यो फिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी रानाको लगानी छ । घनश्याम लामिछानेको निर्देशनमा तयार भएको यो फिल्मले ट्राभल लभ स्टोरीको कथा भन्छ । फिल्मका कार्यकारी निर्माता अंकित गौतम हुन् ।

फिल्ममा अभेद परवको डीओपी, हर्कुलस बस्नेत, एसडी योगी, वियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लंगनेश फर्नान्डेजको कोरियोग्राफी छ । यो फिल्म जेठको २५ गते आउने भएसँगै जेठमा रिलिज हुने फिल्मको संख्या ४ पुगेको छ ।

Published Date: 15 March 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास