साम्राज्ञी र निश्चलको ‘लण्डन टू पेरिस’ जेठ २५ मा

साम्राज्ञी र निश्चलको ‘लण्डन टू पेरिस’ जेठ २५ मा : Icon Khabar

काठमाडौं, चैत २ । फिल्म ‘लण्डन टू पेरिस’को प्रदर्शन मिति तय गरिएको छ । लामो समयदेखि छायांकन नसकिएर ओझेलमा परेको यो फिल्मको अन्ततः रिलिज मिति पक्का भएको हो ।

यो फिल्मको सार्वजनिक फस्टलुकमा नायक साम्राज्ञी राज्यलक्ष्मी शाह र नव नायक निश्चल खड्कालाई रोमान्टिक अवतारमा देख्न सकिन्छ । यो फिल्ममा कविर खड्का, गरिमा शर्मा, रुष्मा थापा, मनिष श्रेष्ठ, मनिष गान्धीको मुख्य भूमिका छ ।

एबी इन्टरनेशनलको प्रस्तुतिमा तयार भएको यो फिल्ममा प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद छ । अमित बस्नेतले निर्माण गरेको यो फिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी रानाको लगानी छ । घनश्याम लामिछानेको निर्देशनमा तयार भएको यो फिल्मले ट्राभल लभ स्टोरीको कथा भन्छ । फिल्मका कार्यकारी निर्माता अंकित गौतम हुन् ।

फिल्ममा अभेद परवको डीओपी, हर्कुलस बस्नेत, एसडी योगी, वियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लंगनेश फर्नान्डेजको कोरियोग्राफी छ । यो फिल्म जेठको २५ गते आउने भएसँगै जेठमा रिलिज हुने फिल्मको संख्या ४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 March 2024
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू