नेपाल र मलेसियाबीच आज मैत्रीपूर्ण फुटबल खेल हुँदै

नेपाल र मलेसियाबीच आज मैत्रीपूर्ण फुटबल खेल हुँदै : Icon Khabar

काठमाडौं, चैत २ । नेपाली राष्ट्रिय फुटबल टिमले आज मैत्रीपूर्ण खेल खेल्दै छ । नेपाली टोली फिफा विश्वकप तयारीमा रहेका बेला मलेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपाल र मलेसियाबीचको खेल राति पौने ८ बजे सुरु हुने छ । नेपाली टोली मैत्रीपूर्ण खेलका लागि बङ्गलादेश ट्रान्जिट हुँदै बुधबार नै मलेसिया पुगिसकेको छ ।

नेपालबाट मलेसिया जाने पर्याप्त विकल्प हुँदाहुँदै अखिल नेपाल फुटबल संघ (एन्फा) ले बङ्गलादेश ट्रान्जिट हुँदै टोलीलाई मलेसिया पठाएको थियो । एन्फाले टोलीमा कुनै भूमिका नरहेका १० पदाधिकारीलाई खेलको नाममा अनावश्यक मलेसिया भ्रमणमा लगेपछि युवा तथा खेलकुद मन्त्रालयले छानबिन गरी कारबाही गर्न राखेपलाई पत्र काटेको छ ।

नेपाली टोली आज मलेसियासँग मैत्रीपूर्ण खेल सकेपछि उतैबाट बहराइनसँग खेल्न त्यसतर्फ प्रस्थान गर्ने छ ।

नेपालको अन्तर्राष्ट्रिय स्तरको दशरथ रङ्गशालाको मैदान प्रतियोगिताका लागि अयोग्य भएपछि विश्वकप छनोटको दुवै खेल बहराइनसँग उसकै मैदानमा खेल्ने छ । नेपालले चैत ८ र १३ गते ‘होम’ एन्ड ‘अवे’ खेल खेल्ने छ ।

विश्वकप छनोटअन्तर्गत एसियाको समूह ‘एच’ मा रहेको नेपालले यसअघिका दुई खेलमा पराजित भएको थियो । नेपाल पहिलो खेलमा युएईसँग ४–० र दोस्रो खेलमा यमनसँग २–० गोल अन्तरले पराजित भएको थियो ।

नेपाली फुटबल टोली

गोलकिपर – किरण चेम्जोङ, अभिषेक बराल, विशाल सुनार

डिफेन्डर – अभिषेक लिम्बु, अजय चौधरी, अनन्त तामाङ, छिरिङ लामा, सनिश श्रेष्ठ, सौभाग्य राई (सन्जित), सुमित श्रेष्ठ

मिडफिल्डर – भरत खवास, विशाल बस्नेत, लाकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रोहन कार्की, उत्सव राई

फरवार्ड – अन्जन विष्ट, दीनेश हेन्जन, हिसुब थपलिया, समिर तामाङ, सन्जिव विष्ट, जिलेस्पी जंग कार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 March 2024
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू