नेपाल र मलेसियाबीच आज मैत्रीपूर्ण फुटबल खेल हुँदै

नेपाल र मलेसियाबीच आज मैत्रीपूर्ण फुटबल खेल हुँदै : Icon Khabar

काठमाडौं, चैत २ । नेपाली राष्ट्रिय फुटबल टिमले आज मैत्रीपूर्ण खेल खेल्दै छ । नेपाली टोली फिफा विश्वकप तयारीमा रहेका बेला मलेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपाल र मलेसियाबीचको खेल राति पौने ८ बजे सुरु हुने छ । नेपाली टोली मैत्रीपूर्ण खेलका लागि बङ्गलादेश ट्रान्जिट हुँदै बुधबार नै मलेसिया पुगिसकेको छ ।

नेपालबाट मलेसिया जाने पर्याप्त विकल्प हुँदाहुँदै अखिल नेपाल फुटबल संघ (एन्फा) ले बङ्गलादेश ट्रान्जिट हुँदै टोलीलाई मलेसिया पठाएको थियो । एन्फाले टोलीमा कुनै भूमिका नरहेका १० पदाधिकारीलाई खेलको नाममा अनावश्यक मलेसिया भ्रमणमा लगेपछि युवा तथा खेलकुद मन्त्रालयले छानबिन गरी कारबाही गर्न राखेपलाई पत्र काटेको छ ।

नेपाली टोली आज मलेसियासँग मैत्रीपूर्ण खेल सकेपछि उतैबाट बहराइनसँग खेल्न त्यसतर्फ प्रस्थान गर्ने छ ।

नेपालको अन्तर्राष्ट्रिय स्तरको दशरथ रङ्गशालाको मैदान प्रतियोगिताका लागि अयोग्य भएपछि विश्वकप छनोटको दुवै खेल बहराइनसँग उसकै मैदानमा खेल्ने छ । नेपालले चैत ८ र १३ गते ‘होम’ एन्ड ‘अवे’ खेल खेल्ने छ ।

विश्वकप छनोटअन्तर्गत एसियाको समूह ‘एच’ मा रहेको नेपालले यसअघिका दुई खेलमा पराजित भएको थियो । नेपाल पहिलो खेलमा युएईसँग ४–० र दोस्रो खेलमा यमनसँग २–० गोल अन्तरले पराजित भएको थियो ।

नेपाली फुटबल टोली

गोलकिपर – किरण चेम्जोङ, अभिषेक बराल, विशाल सुनार

डिफेन्डर – अभिषेक लिम्बु, अजय चौधरी, अनन्त तामाङ, छिरिङ लामा, सनिश श्रेष्ठ, सौभाग्य राई (सन्जित), सुमित श्रेष्ठ

मिडफिल्डर – भरत खवास, विशाल बस्नेत, लाकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रोहन कार्की, उत्सव राई

फरवार्ड – अन्जन विष्ट, दीनेश हेन्जन, हिसुब थपलिया, समिर तामाङ, सन्जिव विष्ट, जिलेस्पी जंग कार्की

Published Date: 15 March 2024
ताजा
तामाकोशीको बाढीले पुष्पलाल राजमार्ग चिरियो, दोलखाको किर्नेटारमा सडक बग्दा यातायात पूर्ण ठप्प
आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय