बुधबार नेप्से परिसूचक २.४८ अंकले घट्यो

बुधबार नेप्से परिसूचक २.४८ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, फागुन ३० । बुधबार नेप्से परिसूचक २.४८ अंक घटेर २१०८.७२ विन्दुमा झरेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ०.४८ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०८ अंक घटेको छ।

बुधबार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन साढे ४ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा आज ३१० स्टकको ७३ हजार ५०६ पटकको कारोबारमा ४ अर्ब २४ करोड ८५ लाख २३ हजार रुपैयाँ बराबरको १ करोड ८ लाख ८९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बुधबार नेप्से घटेपनि विन नेपाल लघुवित्तको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो लघुवित्तको शेयरमूल्य ९५ रुपैयाँ ५० पैसा बढेर १ हजार ५१ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, उन्नती सहकार्य लघुवित्त, आत्मनिर्भर लघुवित्त र समाज लघुवित्तको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।आज अप्पर तामाकोशीको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

बुधबार कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको २५ करोड ५३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, सोनापुर मिनरल्स एण्ड आयल र हिमालयन रि इन्स्योरेन्सको साढे २० करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

बुधबार १३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक २.३२ प्रतिशत बढेको छ। त्यस्तै, होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 March 2024
Website | + posts