नेपाल पपुवा न्यूगिनीसँग पनि स्तब्ध, उपविजेतामै सिमित

नेपाल पपुवा न्यूगिनीसँग पनि स्तब्ध, उपविजेतामै सिमित : Icon Khabar

काठमाडौँ, फागुन ३० । त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–ट्वान्टी शृृङ्खलाअन्तर्गत उपाधि भिडन्तमा नेपाल स्तब्ध भएको छ । बुधबार भएको हङकङमा भएको फाइनल खेलमा नेपाल पपुवा न्यूगिनीसँग ८७ रनले पराजित भएको हो ।

मोङ कोकस्थित मिसन रोड क्रिकेट मैदानमा पपुवा न्यूगिनीले जितका लागि दिएको १७२ रनको लक्ष्य पछ्याएको नेपाल १६.३ ओभरमा अलआउट हुँदै ८५ रनमा समेटिएको हो । निकै खराव सुरुवात गरेको नेपाल पपुवा न्यूगिनीका बलरसामू निरीह बन्यो । नेपाली खेलाडीहरु खुलेर क्रिजमा टिक्न नै सकेनन् ।

नेपालले सुरुवातमै ओपनरद्वय कुशल भुर्तेल र विनोद भण्डारीलाई गुमाएको थियो । पहिलो ओभरको तेस्रो बलमै विनोद आउट भएका हुन् । उनलाई कबुवा मोरेले ४ रनमा आउट गराएका हुन् । त्यस्तै, उनकै बलमा तेस्रो ओभरको चौथो बलमा भुर्तेललाई ५ रनमा आउट गरेका हुन् ।

सन्दीप जोराले १७ रन जोड्दा आरिफ शेख १५ रन तथा कप्तान रोहितकुमार पौडेल १२ रनमै आउट भए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पपुवा न्यूगिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७१ रन जोडेको थियाे । पपुवा न्यूगिनीका लागि ओपनर टोनी उराले अर्धशतकीय पारी खेले । ३७ बल खेलेका टोनीले ५ चौका र ४ छक्काको मदतमा सर्वाधिक ६१ रन जोडे । अर्का ओपनर सेसे बाउ डकआउट हुँदा हिरी हिरीले १५ रन, किप्लीन ड्रोग्बाले १४ रन जोडे । चाड सोपरले १५ रन तथा अलि नावले १० बलमै ३० रन जोडे । हिला भारेले १८ रन जोडे ।

बलिङमा नेपालका कुशल भुर्तेलले सर्वाधिक ३ विकेट लिए । ४ ओभर नै बलिङ गरेका उनले २४ रन खर्चिँदै ३ विकेट लिएका हुन् । त्यस्तै, आकाश चन्दले पनि ३ विकेट नै लिए । करण केसी र गुलसन झाले एकएक विकेट लिए ।

नेपालले हिजो भएको खेलमा पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै प्रतियोगिताको फाइनलमा पुगेको थियो । तर, आज नेपाल कमजोर रपमा प्रस्तुत हुँदा उपाधि गुमायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 March 2024
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता