कांग्रेसप्रति स्वर्णिमको कटाक्ष : यहाँ प्रधानमन्त्री बनाइदेलान् भनेर भागीभागी हिँड्नु पर्‍या छ

कांग्रेसप्रति स्वर्णिमको कटाक्ष : यहाँ प्रधानमन्त्री बनाइदेलान् भनेर भागीभागी हिँड्नु पर्‍या छ : Icon Khabar

काठमाडौँ, फागुन ३० । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले नेपाली कांग्रेसले आफ्ना पार्टी सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको बताएका छन् । आज (बुधबार) प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको समर्थन गर्दै उनले प्रधानमन्त्री बनाइदिन्छन् कि भनेर भागी हिँड्नु परेको छ भन्दै कांग्रेसप्रति ब्यंग्य गरे । ‘यहाँ डर छ, भागिभागी हिँडिएको छ, च्याप्प समातेर प्रधानमन्त्री बनाइदेलान्, च्याप्प समातेर उपप्रधानमन्त्री बनाइदेलान् भागीभागी हिँड्नु पर्‍या छ’, उपसभापति वाग्लेले भने ।

बैठकमा नै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाएका थिए । उनले गत चुनावका बेला माओवादी अध्यक्ष प्रचण्डलाई नो नट अगेन भन्नेहरुले किन समर्थन गरेको भन्दै प्रश्न उठाएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष तथा सांसद स्वर्णिम वाग्ले नयाँपन र अनुभवको सन्तुलन मिलाउनका लागि आफूहरू सरकारमा गएको बताएका छन् ।

उनले केही गरौं भन्ने मनसायले सरकारमा गएको उल्लेख गर्दै ‘चेख खेल’ को उदाहरण दिए । ‘फ्रेसनेस र अनुभवको सन्तुलन मिलाउने कुरा हो’, वाग्लेले भने, ‘चेस खेल्न बसेपछि गोटी चाल्नै पर्छ, हात्ती घोडा, रानी प्यूसो सब चालेर एकदिन ’चेकमेट’ नै गर्ने दिन पनि आउँछ ।’ उनले केही गरेर देखाउन नगरेको दिन सरकारबाट बाहिरिने प्रतिबद्धता जनाए । ’हाम्रो प्रवेश काम देखाउनका लागि हो । हामीकाम गर्न आएका हौं । अब सरकारबाट गर्न सकिन्छ भने’ उनले भनेर,’गर्न नसकेको दिन आफैं बाहिरिन्छौं । उहाँले हामीलाई गलहत्याउन पर्दैन ।’

उनले कांग्रेसले गृहमन्त्री रवि लामिछानेको नैतिकतामाथि प्रश्न उठाएकोमा पनि वाग्लेले टिप्पणी गरे । उनले प्रधानमन्त्रीको रुपमा अफर गर्दा केही नहुने अहिले गृहमन्त्री हुँदा त्यस्तो कुरा गरेको भन्दै कांग्रेसका नेताहरूको टिप्पणीप्रति आपत्ति जनाए । उनले मुलुकलाई सुशासन दिलाउनेमा प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 March 2024
Website | + posts